सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पापी हरु होसियार हनुमानले गधा उठाउन सक्छन् : अध्यक्ष ओली


  •    न्युजभित्तो/१६ कार्तिक २०७८, मंगलवार १७:५९ 
  •  चितवन, १६ कार्तिक  । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माडीको अयोध्या धाममा विश्वको सर्वाधिक ठूलो र महत्त्व पूर्ण दर्शनीय पवित्र स्थल बन्ने बताउनु भएको छ । माडीको अयोध्या धामको अवलोकन कार्यक्रममा बोल्दै ओलीले आज माडी लाई मणि बनाउन भगवान राम फर्किएर आएको बताउनु भएको हो ।
    यहाँ भारतको तिरुपति र विश्व नाथ जस्तै दैनिक लाखौं भक्तजन आउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो-” राम नवमीमा यहाँ दशौं लाख मानिसको मेला लाग्छ । यहाँ दर्शनको कुरा हुँदैन इतिहास र पहिचानको कुरा हुन्छ । हामीले इतिहास र पहिचानको कुरा गरिरहेका छौं यो सत्यको पक्षमा छ।” यहाँ विश्वको नमूना मन्दिर बन्ने बताउँदै आगामी चुनाव अगाडि बजेटको आश नगर्न माडी बासीलाई अनुरोध गर्नुभयो ।
    चुनाव पछि बन्ने एमाले सरकारले पर्याप्त बजेट विनियोजन गर्ने बताउनु l उहाँले माडीको विकास गर्न सहज हुने भएकाले मूर्तिहरू संरक्षण गर्न स्थानीय बासीलाई आग्रह गर्नुभयो । “यहाँ कुरु क्षेत्रको कुरा गरेका छन् । पापी हरु होसियार हनुमानले गधा उठाउन सक्छन् “- उहाँले भन्नुभयो । राजनीति कुरा थोरै गरेका ओलीले प्रचन्डलाई इंकित गर्दै यहाँको जनप्रतिनिधि कारण माडीको विकास हुन नसकेको बताउनभयो । “माडीको विकासका लागि जमानी बसेको थिए । जमानी बसेको मान्छे नै फुत्कियो यहाँको विकासको जिम्मा म लिन्छु, उहाँले भन्नुभयो । ओलीले २०७७ असार २९ गते भानु जयन्तीका दिन भगवान रामको जन्म नेपालमा भएको घोषणा गरेका थिए । त्यसपछि ओली पहिलो पटक माडी आउनुभएको हो ।ओलीले यसअघि राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति बनाएर माडीमा वैशाख ८ गते मूर्तिको स्थापना गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.