सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टीभित्र रुपान्तरणको खाँचो ः वरिष्ठ नेता पौडेल


  •    न्युजभित्तो/१६ कार्तिक २०७८, मंगलवार १६:१३ 
  • हेटौँडा, १६ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र पुस्तान्तरण भन्दा पनि रुपान्तरणको खाँचौ औल्याउँदै केही जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद अझै निरुपण हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

    नेपाली कांग्रेस मकवानपुरले हेटौँडामा आज आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीका नेता कार्यकर्ताले नेतृत्व र विपक्षीलाई समेत प्रश्न गर्न सक्नुपर्ने बताउँदै कांग्रेसले केही व्यक्तिको मात्र नभई सिंगो देश र जनताको मुद्वा उठाउनुपर्ने बताउनुभयो ।

    “ काँग्रेस अरुको भरमा उभिने पार्टी होइन, पार्टीभित्र शुद्धिकरणको आवश्यकता छ”, उहाँले भन्नुभयो । एकपछि अर्को समस्याका कारण सर्वोच्च अदालतमा अहिलेको अवस्था सिर्जना भएको उहाँको भनाइ थियो । वरिष्ठ नेता पौडेलले न्यायालयको साख जोगाउन अहिलेको समस्याको निकास चाँडै हुनपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डे, जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ लगायतले बोल्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.