सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टी भित्र मूल्याङ्कनको समय आयोः बरिष्ठ नेता पोडेल


  •    न्युजभित्तो/१६ कार्तिक २०७८, मंगलवार १८:०५ 
  • चितवन,१६ कार्तिक  । नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र मूल्याङ्कनको समय आएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस रत्ननगरन नगरपालिका वडा नम्बर १३ को कार्यालय उद्घाटन, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा आज बोल्दै उहाँले १४ औं महाधिबेशन पार्टी भित्रका नेताहरुको मुल्याङ्कनको समय रहेको बताउनुभएको हो ।

    उहाँले भन्नुभयो “पार्टीका लागि कस्ले के ग¥यो भन्ने बिषयमा मुल्याङ्कन १४ औ महाधिबेशनले गर्ने छ ।” कार्यकर्तालाई दुबिधामा राख्ने र ढाकछोप गर्ने गर्दा पार्टी बिग्रिएको उहाँको भनाई थियो । “अहिले पार्टी कहाँ पुग्यो मुल्याङ्कन गरेर नेतृत्व चयन गर्नु पर्छ” पौडेलले भन्नुभयो । काङ्ग्रेसलाई सुधार गरेर लैजानका लागि महाधिबेशनमा कार्यकर्ताले मुल्याङ्कन र बिबेक पुयाउनु पर्ने उहाँल बताउनुभयो । अव पार्टी वनाउनका लागि निष्ठा र नैतिकताको राजनीति गर्नु पर्ने उहाँको भनाई थियो ।

    पार्टीका नेता तथा कार्यकर्ताको आचरण र सिद्धान्तका आधारमा आम जनताले हैसियतमा राख्ने गरेको भन्दै उहाँले काङ्ग्रेसका नेता कार्यकर्ताहरु नैतिकवान बन्नुपर्ने बताउनुभयो । पार्टीलाई रुपान्तरण गर्दै लैजानु पर्ने समय आएको भन्दै उहाँले भन्नुभयो “पार्टी भित्र रुपान्तरणको आबश्यकता छ । काँग्रेस उज्यालो अनुहार लिएर अघि वढ्नु पर्छ ।” काङ्ग्रेस भित्र एकता आबश्यक रहेको भन्दै उहाँले न्याय र मूल्याङ्को आधारमा संगै एजेण्डामा एकता हुन जरुरी रहेको बताउनुभयो ।

    पछिल्लो समयमा लोकतान्त्रीक संस्थाहरु कम्जोर वनाउने काम भएको भन्दै पौडेलले दुखेसो गर्नुभयो । संबैधानिक परिषदको ऐनले र सेटिङ्गका कारण अदालत जस्तो संस्था ढल्ने अबस्थामा पुगेको भन्दै उहाँले अब आँखा चिम्लेर वस्ने समय नरहेको बताउनुभयो । यसलाई सुधार गर्दै लैजानु पर्ने उहाँको भनाई थियो ।

    फरक प्रसंगमा बोल्दै बरिष्ठ नेता पौडेलले नेपालमा कम्युनिष्टहरुका कारण समस्या आएको बताउनुभयो । पाँच वर्ष शासन चलाउ भनेर जनताले अनुमोदीत गर्दा पनि नसक्नेहरुले देश चलाउँछु भन्नु हास्यास्पद रहेका उहाँको भनाई थियो ।

    कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बद्री पाण्डेले पार्टीका सबै संरचनाहरु चलायमान वन्न नसक्दा काङ्ग्रेस कम्जोर भएको बताउनुभयो । उहाँले भन्नुभयो “काङ्ग्रेस कम्जोर भएको छैन । सुध्रिने र सही बाटोमा हिड्छ की हिड्दैन कार्यकर्ताले हेरी रहेका छन् ।” कम्युनिष्ट पार्टीहरु देशको समस्याको रुपमा रहेको भन्दै उहाँले सभ्य राष्ट्र निर्माण र देशको समुन्नत बिकासका लागि काङ्ग्रेस आबश्यक रहेको बताउनुभयो । १४ औ महाधिबेशनबाट काङ्ग्रेस सैदान्तीक, राजनैतिक र नैतिकताको बाटोमा हिड्ने उहाँको भनाई थियो ।

    वडा सभापति टोमराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्ब शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति राजु शिलवाल, नेपाली काङ्ग्रेस रत्ननगर नगर सभापति प्रल्हाद सापकोटा, कार्यक्रम संयोजक भेषराज दुवाडी, वडा उपसभापति धर्म अधिकारी लगाएतले बोल्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.