राष्ट्रिय
काठमाडौं,१९ मंसिर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने भएको छ । बोर्डले गत शुक्रबार सार्वजनिक नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेड वृद्घि (पूरक) परीक्षा दिन पाउने भएका...
पोखरा,१९ मङ्सिर । नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उनले ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन् । उनका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त...
झापा,१९ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देन पार्टीको स्थापनाकालदेखिकै सदस्य हुन् । विसं २०२२ भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका उनले २०३६ देखि राजनीति सुरुआत गरेका हुन् । उनले राजनीतिसँगै पढाइलाई निरन्तरता दिँदै राजनीतिशास्त्रमा...
महेन्द्रनगर, १९ मङ्सिर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बंक नजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको जीपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको डिएल १७ सी ४७५४ नं को जीपले ठक्कर दिँदा स्थानीयवासी ६५ वर्षीय तारानाथको...
पर्सा,१९ मङ्सिर । देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा उक्त नाका प्रयोग गरी हुने नेपाली...
इस्लामावाद, १९ मंसिर । पाकिस्तानमा यस वर्ष जबरजस्ती धर्म परिवर्तन गर्ने सम्बन्धी कानुन अस्वीकृत गरिएपछि थप ३८ किशोरी तथा महिलाहरुलाई अपहरण गरेर धर्म परिवर्तन गराइएको भन्दै उजरी परेको जनाइएको छ। पाकिस्तानको संसदीय समितिले गत अक्टोबरमा जबरजस्ती धर्मान्तरणसम्बन्धी कानुनलाई अस्वीकार गरेको...
काठमाडौँ, १९ मङ्सिर । सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले बढेको...
काठमाडौँ, १९ मङ्सिर । नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले...
काठमाडौं,१९ मंसिर । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भू–भागमा मौसम सफा रहने जनाएको छ । महाशाखाका अनुसारहाल बङ्गालको खाडीमा रहेको जवाद नामक चक्रवात कमजोर भई निम्न चापिय प्रणालीको रुपमा रहेको छ । जसका...
हेटौंडा,१९ मंसिर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने भएको छ । पहिलो चरणमा भएको निर्वाचनमा सभापति पदका उम्मेदवार इन्द्रबहादुर बानियाँले सबैभन्दा बढी ९९२ मत ल्याएका छन् ।...








