सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लमजुङको भुस्मेमा जीप दुर्घटना : १२ जना घाइते


  •    न्युजभित्तो/२३ मंसिर २०७८, बिहीबार १२:३१ 
  • लमजुङ, २३ मङ्सिर । मस्र्याङ्दी गाउँपालिका ८ भुस्मे नजिकै कालिमाटी भन्ने स्थानमा ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मस्र्याङ्दी –९ सिमपानीबाट सोही पालिकाको पिसहिलडाँडा घुम्न यात्रु लिएर गएरको सो जीप आज विहान दुर्घटनामा परेको भुस्मेका स्थानीयवासी होमराज तामाङले जानकारी दिनुभयो ।

    उहाँका अनुसार दुई जनाको जीपबाट उद्धार गर्न समस्या भइरहेको छ भने अन्य १० जनाको उद्धार गरेर जिल्ला अस्पताल ल्याइँदै छ । जीपमा सिमपानीस्थित गणेश माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक रहेका र घुम्तीमा ब्याक गर्ने क्रममा करिब ५० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ ।

    खुदी प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको र जीपले थिचेकाको उद्धार गर्ने काम भइरहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । थप विस्तृत जानकारी आउन बाँकी रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.