सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रजातन्त्रवादी चिकित्सक सङ्घको अध्यक्षमा डा कार्की निर्वाचित


  •    न्युजभित्तो/२३ मंसिर २०७८, बिहीबार १२:०५ 
  • चितवन, २३ मङ्सिर । प्रजातन्त्रवादी चिकित्सक सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा डा अनिलविक्रम कार्की निर्वाचित हुनुभएको छ । सङ्घको तेस्रो महाधिवेशनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका डा कार्कीको नेतृत्वमा ४३ सदस्यीय नयाँ समिति सर्वसम्मत निर्वाचित भएको हो ।

    समितिको केन्द्रीय उपाध्यक्षमा डा विक्रान्त ढकाल, बागमती प्रदेश संयोजक तथा उपाध्यक्षमा डा मनोरदी सैयद, महासचिवमा डा संयुक्त आचार्य, कोषाध्यक्षमा डा समाज गौतम, सहकोषाध्यक्षमा डा अजय साह, सचिवमा डा पवन हमाल र सुशील तिमिल्सिना निर्वाचित हुनुभएको छ ।

    महाधिवेशनको नेपाली कांग्रेसका महामन्त्री प्रा डा शशांक कोइरालाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेपाल चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा चोपलाल भुसाल, डा अन्जनीकुमार झा, डा मुक्तिराम श्रेष्ठ, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा शिवजी पौडेललगायत वक्ताले नेपालको स्वास्थ्य अवस्था र चिकित्सकको उचित सहभागिताका बारेमा प्रकाश पार्नुभएको थियो ।

    कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष डा केदारनरसिंह केसी, निवर्तमान अध्यक्ष डा लक्ष्मीराज पाठकलगायतले बोल्नुभएको थियो । निर्वाचित अध्यक्ष कार्कीले चिकित्सकको अधिकारका लागि आफ्नो लडाइँ निरन्तर रहने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.