सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नौ पालिकामा माओवादी अधिवेशन सम्पन्न


  •    न्युजभित्तो/२३ मंसिर २०७८, बिहीबार १२:४५ 
  • बैतडी, २३ मङ्सिर । नेकपा (माओवादी केन्द्र)ले जिल्लाका नौ पालिकामा अधिवेशन सम्पन्न गरेको छ । मङ्सिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म जिल्लाको नौ पालिकामा अधिवेशन सम्पन्न गरेको हो ।

    माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टका अनुसार मेलौली, दशरथचन्द, पाटन, पुर्चौडी नगरपालिका, शिवनाथ, सुर्नया, डिलाशैनी, दोगडाकेदार र सिगास गाउँपालिकामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले सबै स्थानीय तहमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ ।

    बाँकी रहेका पञ्चेश्वर गाउँपालिकामा आज पालिका सम्मेलन सम्पन्न हुने माओवादी केन्द्र जनाएको छ । तत्कालीन समयमा नेकपा (एमाले)सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि माओवादीले पहिलोपटक विधिवतरूपमा कमिटी बनाइरहेको हो । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

    माओवादी केन्द्रले यही २५ मङ्सिरमा सातै प्रदेशमा अधिवेशन गर्ने जनाएको छ । प्रदेशको सम्मेलनपछि आगामी पुस ११ देखि १३ राष्ट्रिय सम्मेलन गर्दैछ । माओवादी केन्द्रका केन्द्रीय सदस्य रेणु चन्दले पार्टीको सङ्गठन विस्तारमा ध्यान दिन कार्यकर्तालाई आग्रह गरे ।-रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.