राष्ट्रिय

समाजवादी पार्टीले मुख्य शहरमा आमसभा गर्दै

काठमाडौँ । नवगठित समाजवादी पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ । पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका...

खोलामा डुबेर दुई बालकको मृत्यु

कैलाली । कैलालीको लम्की चुहा नगरपालिका–७ रोरा नदीमा आज डुबेर दुई बालकको मृत्यु भएको छ । स्थानीय परशुराम चौधरीका नौ वर्षीय छोरा समिर चौधरी र मनोज चौधरीका नौ वर्षीय छोरा सुदीप चौधरीको रोरा नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको...

सभामुख महराद्वारा रमजानको शुभकामना व्यक्त

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले इस्लाम धर्मावलम्बीको महानपर्व रमजानका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम समुदायमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । रमजानका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले यस पर्वले आपसी सहिष्णुता,...

अध्यक्ष तिमिल्सेनालाई बुझाईयो सातै प्रदेशबाट प्राप्त सुझावसहितको प्रतिवेदन

काठमाडौँ : राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकका सातै प्रदेशबाट प्राप्त सुझावसहितको प्रतिवेदन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनालाई बुझाएको छ । समितिले साँढे दुई महीनाको अवधिमा गरेका प्रादेशिक अन्तक्र्रियाका क्रममा विज्ञका कार्यपत्र, नागरिक समाज र तीन तहकै जनप्रतिनिधिबाट प्राप्त सुझावका आधारमा...

मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकार महासङ्घद्वारा आन्दोलन घोषणा

स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने विधेयक फिर्ता लिन माग नेपाल पत्रकार महासंघले संसदमा दर्ता गरिएको नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने ठहर गर्दै उक्त विधेयक तत्काल फिर्ता लिन माग...

गैरसंसदीय शब्द अभिलेखबाट हटाउन सभामुखको रुलिङ 

काठमाडौँ (रासस) सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रम पारित गर्ने दिन यही वैशाख २४ गते सदनमा प्रयोग भएका गैर संसदीय शब्द सङ्घीय संसद् सचिवालयको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ ।          प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै सभामुखले सो दिन प्रयोग भएका...

चितवनको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माण गरिने

चितवन (रासस) तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोरमा युद्ध सङ्ग्रहालय निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाइने भएको छ । कालिका नगरपालिकाले डिपिआर निर्माण गर्न लागेको हो । नगरप्रमुख खुमनारायण श्रेष्ठ (गोपी) का अनुसार उक्त नगरपालिकाको वडा नं...

चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रका गिद्धले पर्याप्त चल्ला कोरल्न नसकेपछि अनुसन्धान शुरु

  तिलकराम रिमाल चितवन : चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन् केन्द्रमा रहेका सेतो डंगर जातको गिद्धले अण्डा पारेपनि पर्याप्त चल्ला कोरल्न सकेका छैनन् । गिद्धले पारेको अण्डाको तुलनामा न्यून मात्रै चल्ला कोरलिएपछि अनुसन्धान शुरु गरिएको हो । अण्डाबाट चल्ला कोरल्न नसक्नुको कारणबारे अनुसन्धान...

आज कानुन दिवस मनाइँदै

काठमाडौं । आज कानुन दिवस, कानुन र न्याय क्षेत्रमा संलग्नहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । नेपालमा विक्रम संवत् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भएको थियो । त्यसमा २००९ साल वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनले लालमोहर लगाएर कार्यान्वयनमा...

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज बिहीबार प्रस्थान गर्नुभएको छ । क्रमशः यही वैशाख २६–३० र...