चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रका गिद्धले पर्याप्त चल्ला कोरल्न नसकेपछि अनुसन्धान शुरु
/२७ बैशाख २०७६, शुक्रबार १७:०२
तिलकराम रिमाल
चितवन :
चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन् केन्द्रमा रहेका सेतो डंगर जातको गिद्धले अण्डा पारेपनि पर्याप्त चल्ला कोरल्न सकेका छैनन् । गिद्धले पारेको अण्डाको तुलनामा न्यून मात्रै चल्ला कोरलिएपछि अनुसन्धान शुरु गरिएको हो ।
अण्डाबाट चल्ला कोरल्न नसक्नुको कारणबारे अनुसन्धान भईरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो । उहाँका अनुसार स्वदेशी र विदेशी विज्ञहरुसँग यस विषयमा परामर्श भईरहेको छ ।
निकुञ्जको कसरामा प्रजनन् केन्द्र स्थापना गरी सेतो डंगर जातको गिद्धको बंश विस्तार गर्ने काम हुँदै आएको छ । निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पंछी संरक्षण संघले सन् २००८ बाट कसरामा प्रजनन् केन्द्र स्थापना गरी गिद्ध संरक्षण गर्दै आएका छन् । गिद्धले पर्याप्त अण्डा पारेपनि चल्ला कोरल्ने कार्यमा भने आशातित सफलता मिल्न सकेको छैन ।
नेपाल पंछी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत इसाना थापाले अघिल्ला वर्षको तुलनामा यस बर्षको प्रजनन्को समस्या बढी देखिएको बताउनुभयो । यससँगै गम्भीर रुपमा अनुसन्धान शुरु गरिएको बताउँदै उहाँले भन्नुभयो “अघिल्लो वर्षको तुलनामा गत वर्ष के कस्ता कमिकमजोरी र होहल्ला (डिस्टर्व) भएका थिए त्यसको अध्ययन भईरहेको छ ।”
यो जातको गिद्ध अति लजालु स्वभावको हुने गर्दछ । मानिसहरुको आवतजावत र होहल्ला रुचाउँदैन् । प्रजनन् केन्द्र सिसि क्यामराको निगरानीमा राखेर रेखदेख गरिंदै आएको छ । प्रजनन् केन्द्र वरपरको क्षेत्रमा मानिसको आवतजावत र होहल्ला बढी भएमा खाना नखाने समस्या देखिने गरेको छ ।
शुरुवाती वर्षहरुमा लिंग पहिचान गरी भाले र पोथी मिलाएर राखिएको थियो । संख्या बढ्दै गएपछि लिंग अनुसार नमिलेका गिद्धलाई प्रकृतिमा छाडिएको छ ।
प्रजनन् केन्द्र हेर्दै आउनु भएका चिकित्सक विकल्प कार्कीले चल्ला कोरल्ने दर न्यून भएपछि विदेशी विज्ञहरुसँग समेत यस विषयमा परामर्श भईरहेको बताउनुभयो । उहाँले कसरी बच्चा कोरल्ने दर बढाउन सकिन्छ भन्ने विषयमा अध्ययन भईरहेको बताउनुभयो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार स्थापनाको समयमा करिब तीन वर्ष लगाएर देशका विभिन्न ठाउँबाट ६४ वटा गिद्ध ल्याई प्रजनन् केन्द्रमा राखिएको थियो । हालसम्म त्यहाँ रहेका गिद्धबाट ६८ वटा अण्डा पारेर १८ वटा चल्ला कोरलिएका छन् । बि.सं. २०७१ मा ५ वटा अण्डा पारेर एउटा चल्ला कोरलिएको थियो । २०७२ मा ७ अण्डा पारे पनि चल्ला कोरल्न सकेको थिएन । बि.सं. २०७३ मा १५ वटा अण्डाको ९ चल्ला, २०७४ मा २१ वटा अण्डाको ७ चल्ला कोरलिएकोमा २०७५ मा भने २० वटा अण्डाबाट २ वटा मात्रै चल्ला कोरलिएका थिए । बीचका केही वर्ष राम्रो सफलता मिलेपछि बि.सं. २०७४ मा २० वटा अण्डाबाट दुई वटा मात्रै चल्ला कोरलिएपछि अध्ययन शुरु गरिएको हो ।
प्रजनन् केन्द्रमा रहेका गिद्ध मध्ये हालसम्म २० वटालाई प्रकृतिमा छाडिएको छ । सन् २०१७ मा ७ पोथी, सन् २०१८ मा ८ चल्ला (लिंग पहिचान नभएका), ३ पोथी र २ भाले गरी १३ वटालाई केही समय नवलपरासीको जटायु रेष्टुरेण्टमा रहेको खोरमा राखेर प्रकृतिमा छाडिएको हो । सन् २०१९ मा ६ चल्ला, ४ पोथी र ३ भाले गरी १३ वटालाई प्रकृतिमा छाड्नका लागि रेष्टुरेण्टको खोरमा राखिएको छ ।
हाल प्रजनन् केन्द्रमा १९ भाले, १९ पोथी र यस वर्ष कोरलिएका दुई वटा चल्ला रहेका छन् ।