सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रका गिद्धले पर्याप्त चल्ला कोरल्न नसकेपछि अनुसन्धान शुरु


  •    /२७ बैशाख २०७६, शुक्रबार १७:०२ 
  •  

    तिलकराम रिमाल

    चितवन :

    चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन् केन्द्रमा रहेका सेतो डंगर जातको गिद्धले अण्डा पारेपनि पर्याप्त चल्ला कोरल्न सकेका छैनन् । गिद्धले पारेको अण्डाको तुलनामा न्यून मात्रै चल्ला कोरलिएपछि अनुसन्धान शुरु गरिएको हो ।

    अण्डाबाट चल्ला कोरल्न नसक्नुको कारणबारे अनुसन्धान भईरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो । उहाँका अनुसार स्वदेशी र विदेशी विज्ञहरुसँग यस विषयमा परामर्श भईरहेको छ ।

    निकुञ्जको कसरामा प्रजनन् केन्द्र स्थापना गरी सेतो डंगर जातको गिद्धको बंश विस्तार गर्ने काम हुँदै आएको छ । निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पंछी संरक्षण संघले सन् २००८ बाट कसरामा प्रजनन् केन्द्र स्थापना गरी गिद्ध संरक्षण गर्दै आएका छन् । गिद्धले पर्याप्त अण्डा पारेपनि चल्ला कोरल्ने कार्यमा भने आशातित सफलता मिल्न सकेको छैन ।

    नेपाल पंछी संरक्षण संघका प्रमुख कार्यकारी अधिकृत इसाना थापाले अघिल्ला वर्षको तुलनामा यस बर्षको प्रजनन्को समस्या बढी देखिएको बताउनुभयो । यससँगै गम्भीर रुपमा अनुसन्धान शुरु गरिएको बताउँदै उहाँले भन्नुभयो “अघिल्लो वर्षको तुलनामा गत वर्ष के कस्ता कमिकमजोरी र होहल्ला (डिस्टर्व) भएका थिए त्यसको अध्ययन भईरहेको छ ।”

    यो जातको गिद्ध अति लजालु स्वभावको हुने गर्दछ । मानिसहरुको आवतजावत र होहल्ला रुचाउँदैन् । प्रजनन् केन्द्र सिसि क्यामराको निगरानीमा राखेर रेखदेख गरिंदै आएको छ । प्रजनन् केन्द्र वरपरको क्षेत्रमा मानिसको आवतजावत र होहल्ला बढी भएमा खाना नखाने समस्या देखिने गरेको छ ।

    शुरुवाती वर्षहरुमा लिंग पहिचान गरी भाले र पोथी मिलाएर राखिएको थियो । संख्या बढ्दै गएपछि लिंग अनुसार नमिलेका गिद्धलाई प्रकृतिमा छाडिएको छ ।

    प्रजनन् केन्द्र हेर्दै आउनु भएका चिकित्सक विकल्प कार्कीले चल्ला कोरल्ने दर न्यून भएपछि विदेशी विज्ञहरुसँग समेत यस विषयमा परामर्श भईरहेको बताउनुभयो । उहाँले कसरी बच्चा कोरल्ने दर बढाउन सकिन्छ भन्ने विषयमा अध्ययन भईरहेको बताउनुभयो ।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत ढकालका अनुसार स्थापनाको समयमा करिब तीन वर्ष लगाएर देशका विभिन्न ठाउँबाट ६४ वटा गिद्ध ल्याई प्रजनन् केन्द्रमा राखिएको थियो । हालसम्म त्यहाँ रहेका गिद्धबाट ६८ वटा अण्डा पारेर १८ वटा चल्ला कोरलिएका छन् । बि.सं. २०७१ मा ५ वटा अण्डा पारेर एउटा चल्ला कोरलिएको थियो । २०७२ मा ७ अण्डा पारे पनि चल्ला कोरल्न सकेको थिएन । बि.सं. २०७३ मा १५ वटा अण्डाको ९ चल्ला, २०७४ मा २१ वटा अण्डाको ७ चल्ला कोरलिएकोमा २०७५ मा भने २० वटा अण्डाबाट २ वटा मात्रै चल्ला कोरलिएका थिए । बीचका केही वर्ष राम्रो सफलता मिलेपछि बि.सं. २०७४ मा २० वटा अण्डाबाट दुई वटा मात्रै चल्ला कोरलिएपछि अध्ययन शुरु गरिएको हो ।

    प्रजनन् केन्द्रमा रहेका गिद्ध मध्ये हालसम्म २० वटालाई प्रकृतिमा छाडिएको छ । सन् २०१७ मा ७ पोथी, सन् २०१८ मा ८ चल्ला (लिंग पहिचान नभएका), ३ पोथी र २ भाले गरी १३ वटालाई केही समय नवलपरासीको जटायु रेष्टुरेण्टमा रहेको खोरमा राखेर प्रकृतिमा छाडिएको हो । सन् २०१९ मा ६ चल्ला, ४ पोथी र ३ भाले गरी १३ वटालाई प्रकृतिमा छाड्नका लागि रेष्टुरेण्टको खोरमा राखिएको छ ।

    हाल प्रजनन् केन्द्रमा १९ भाले, १९ पोथी र यस वर्ष कोरलिएका दुई वटा चल्ला रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी
    • थलथलेमा खानेपानीको समस्या हट्यो
    • तातो हावाको लहर कायमै रहने सम्भावना
    • सुनचाँदीको मूल्य घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.