राष्ट्रिय
काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको अगाडि र पछाडि शतप्रतिशत घातक चित्र राख्ने निर्णयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पुनरावलोकन गर्न आग्रह गरेको छ । उद्योग मन्त्रालयको औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखाका शाखा अधिकृत दुर्गा लम्सालले...
किमाथाङ्का (सङ्खुवासभा), २७ चैत । यस वर्ष शैक्षिकसत्र सुरु हुनु अगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको छ । जिल्लाका १० वटै स्थानीय तहमा शैक्षिकसत्र अगावै पाठ्यपुस्तक पुगेको हो । भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले...
भजनी (कैलाली), २७ चैत । भजनी नगरपालिका-९ का हेमराज चौधरीको आर्थिक अवस्था कमजोर छ । उहाँलाई खाना पकाउन दाउरा चाहिन्थ्यो । दाउराको आवश्यकता उहाँले नजिकैको सामुदायिक वनबाट टार्दै आउनुभएको थियो । उहाँ दाउराको चुल्होबाट मुक्त हुनु भएको छ ।...
काठमाडौँ, २४ चैेत । नेपाल शिक्षक महासङ्घले भोलिबाट शैक्षिक हडतालको घोषणा गरेको छ। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग अघि सारेर काठमाडौँमा सडक आन्दोलन गर्दै आएको महासंघले शैक्षिक हडतालको घोषणा गरेको हो। शैक्षिक हडतालको क्रममा विद्यालयका नतिजा प्रकाशन लगायतका सबै...
काठमाडौँ, १९ चैत । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको अभिवृद्धिका लागि गत कात्तिक २३ देखि यही चैत १८ गतेसम्म पाँच महिना दैनिक १० घण्टा विमानस्थल बन्द गरेर विमानस्थलको क्षमता अभिवृद्धिअन्तर्गत भौतिक संरचना निर्माणको...
चितवन, १७ चैत । बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनले महिलाहरुका लागि मात्र मोटरस्पोट्र्स ¥याली आयोजना गर्ने भएको छ । आज एसोसिएसनले सौराहमा पत्रकार सम्मेलन गर्दै चितवनका पर्यटकीय क्षेत्रहरूलाई समेट्दै आगामी चैत २५ गते मोटरस्पोट्र्स ¥याली आयोजना गर्ने जानकारी गराएको हो...
चितवन, १६ चैत । एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक संघ चितवनको सातौँ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । आज कृषि विकास कार्यालय चितवनमा आयोजित अधिवेशनबाट धर्मराज कंडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा प्रेमनाथ नेपाल,...
भरतपुर, १६ चैत । कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्ने एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला कार्यक्रम ओझेलमा परेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्ला एकीकृत शत्रुजीव व्यवस्थापन कृषक संघ...
काठमाडौं, १५ चैत । काठमाडौंका विभिन्न ठाउँमा आज हुने प्रदर्शनलाई ध्यानमा राखेर सरकारले सुरक्षाव्यवस्था कडा पार्ने भएको छ । गणतन्त्रवादी र राजतन्त्रवादीले एकै दिन काठमाडौंमा प्रदर्शन गर्ने भएपछि सरकारले सुरक्षा सतर्कता उच्च बनाएको छ । गृह मन्त्रालयले काठमाडौंमा सुरक्षा...
काठमाडौँ, ६ चैत । सरकारले रामनवमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यही चैत ४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त...















