सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड


  •    न्युजभित्तो/३१ श्रावण २०८३, आईतवार १४:३८ 
  • सुदूरपश्चिम, ३१ साउन । सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य संयन्त्रलाई चुस्त बनाउँदै प्रदेश, जिल्ला, स्थानीय तह तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वयमा जोड दिएको छ ।

    मुख्यमन्त्री खगराज भट्टले आज प्रदेश विपद् व्यवस्थापन परिषद्को सचिवालयका रूपमा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकारीसँग प्रदेशको समग्र विपद् जोखिम, सम्भावित जोखिमयुक्त क्षेत्र, पूर्वतयारी तथा प्रतिकार्यका लागि सरकारको तयारीबारे जानकारी लिँदै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।

    उहाँले विपद् जुनसुकै बेला आउन सक्ने भएकाले आवश्यक जनशक्ति, उद्धार सामग्री, स्वास्थ्य सेवा तथा अन्य अत्यावश्यक स्रोतसाधन तयारी अवस्थामा राख्न निर्देशन दिनुभयो । सम्भावित जोखिमयुक्त क्षेत्रको निरन्तर अनुगमन तथा सूचना सङ्कलन गर्न र पूर्वसूचना प्राप्त हुनासाथ सम्बन्धित निकाय परिचालन हुने गरी संयन्त्रलाई तयारी अवस्थामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    विपद् प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रदेश, जिल्ला तथा स्थानीय तहका विपद् व्यवस्थापन संयन्त्र र सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको मुख्यमन्त्री भट्टले बताउनुभयो । विपद्का समयमा सम्बन्धित निकायबीच समन्वयको अभाव हुन नदिन सम्बन्धित मन्त्रालय तथा निकायलाई स्पष्ट भूमिका र जिम्मेवारीसहित सक्रिय रहन उहाँले आग्रह गर्नुभयो ।

    उक्त मन्त्रालयका सचिव तेजप्रकाश जोशीले मुख्यमन्त्रीलाई प्रदेशमा विपद् जोखिम न्यूनीकरणका लागि अपनाइएका उपाय, आवश्यक स्रोतसाधन तथा विपद् प्रतिकार्य संयन्त्रको अवस्थाबारे जानकारी गराउनुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    सुनचाँदीको मूल्य बढ्यो
    विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
    • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
    • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.