राष्ट्रिय
म्याग्दी । म्याग्दीका निर्मल पुर्जाले आठ हजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल चढेर विश्व कीर्तिमान कायम गर्नुभएको छ । आज चीनको तिब्वतमा अवस्थित सिसापङ्मा हिमालको चुचुरोमा पुगेसँगै पुर्जा सात महीनामा विश्वका सबै आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने...
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज सोमबार गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार प्रकृतिको विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताउनुभएको छ । यमपञ्चक (तिहार) अर्थात् दीपावलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त विभिन्न जनावरको समेत पूजाआजा गरिने भएकाले यसले प्रकृतिका विभिन्न...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यमपञ्चक (तिहार)ले आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै तिहारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा...
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं ३, पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले गए राति रु दुई करोड ६७ लाख नगदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली यही कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कनुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल...
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा...
बाकु (अजरबैजान) । असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनले आज वर्तमान भूराजनीतिक परिस्थितिमा नयाँ वास्तविकतासँग मुखरित हुन आरम्भमा राखिएकै अवस्थामा सही र सान्दर्भिक रहिआएको यसका आधारभूत सिद्धान्तलाई कायम तथा प्रवर्धन गर्दै ३१ उद्देश्य प्राप्त...
काठमाडौँ । दिवङ्गत वरिष्ठ वामपन्थी नेता भरतमोहन अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ । उहाँ पूर्वउपप्रधान एवं अर्थमन्त्रीसमेत हुनुहुन्थ्यो । अधिकारीको प्रथम वार्षिकीको अवसर पारेर आगामी १८ फागुनमा अक्षयकोषको घोषणा गरिने ‘भरतमोहन अधिकारी फाउण्डेशन’ले जनाएको छ । फाउण्डेशनको...
पर्सा । मोतिहारी–चितवन ग्यास पाइपलाइन र अमलेखगञ्ज–चितवन इन्धन पाइपलाइन विस्तारकार्य शुरु गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बाराको अमलेखगञ्जस्थित पाइपलाइन निर्माणस्थलमा सङ्केत पिल्लर गाडी औपचारिकरूपमा सो कार्य प्रारम्भ गर्नुभएको हो । मोतिहारी–चितवन ग्यास पाइपलाइनसँगै अमलेखगञ्ज–चितवन पेट्रेलियम...
















