सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा हराइरहेका सात जनाको खोजीमा कठिनाइ


  •    न्युजभित्तो/६ माघ २०७६, सोमबार ०८:२३ 
  • पोखरा । अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा हराइरहेका सात जना अझै फेला पर्न सकेका छैनन् । मौसमी प्रतिकुलताले उनीहरुको खोजीमा कठिनाई भइरहेको जनाइएको छ । हराइरहेकामा चार कोरियन र तीन नेपाली नागरिक रहेका छन् ।

    पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच करिब तीन हजार दुई सय मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएको हिमपहिरोमा परी उनीहरु सम्पर्कविहीन हुन पुगेका हुन् । घटनामा केही विदेशी पर्यटक तथा नेपाली उम्किन सफल भएका थिए । नेपाली पथप्रदर्शक सरोज परियार, सहयोगी मीनबहादुर लामा (तामाङ) र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङ्गपिल बोङ्ग, किम सोक जा र चोइ जो वोनको अवस्था हालसम्म अज्ञात रहेको जनाइएको छ ।

    ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल सङ्घ पोखराले हराइरहेका पर्यटकको खोजी कार्यमा प्रतिकूल मौसमका कारणले कठिनाइ भएको जनाएको छ । घटनास्थलमा बाक्लो हिउँ जमेको तथा अहिले पनि हिउँ पर्ने क्रम नरोकिएकाले बेपत्ता भएकाको अवस्था हालसम्म पनि यकिन हुन नसकेको टानका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो । घटनास्थल भौगोलिकरुपमा अत्यन्त विकट रहेको तथा सञ्चार, सडकलगायतका कुनै पनि पूर्वाधार नभएकाले समेत खोजी कार्यमा अप्ठ्यारो भएको उहाँले बताउनुभयो ।

    शनिबार हिमपहिरोमा परी घाइते भएका एक जना चिनियाँ नागरिक ज्वाङ यिङ र उहाँका पदयात्रा सहयोगी जगदिश खत्रीलाई उद्धार गरी पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको टानका अध्यक्ष भुजेलले जानकारी दिनुभयो ।

    पदयात्रामार्गको दोभानभन्दा माथि तथा माछापुच्छ्रे आधार शिविर, देउरालीलगायतका स्थानबाट एक सय ३० पर्यटक तथा नेपाली नागरिकलाई स्थानीयवासी, जनप्रतिनिधिलगायतको सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएकोमा ६४ लाई पोखरा तथा अन्यलाई छोम्रोङसम्म ल्याइएको टानले जनाएको छ । घटनापछि अन्नपूर्ण पदयात्रा मार्गमा अहिले कोही पनि पर्यटक नरहेको बताइएको छ।

    टानले घटनालगत्तै सात जनाको उद्धार टोली घटनास्थलतर्फ पठाएको थियो । सो टोलीले त्यहाँको स्थलगत अवलोकन गर्दा पर्यटक हराएको आशङ्का गरिएको स्थलमा बाक्लो हिउँ जमेका कारणले हिउँ पग्लन कम्तीमा पनि एक महिना समय लाग्ने र खोजीमा कठिनाइ भएको जनाएको छ । घटनास्थल वरपर अहिले पनि हिउँ पर्ने क्रम जारी रहेको जनाइएको छ ।

    हराइरहेका व्यक्तिका आफन्तसमेत घटनास्थलतर्फ गएको टानका निर्वतमान अध्यक्ष एवं उद्धार टोलीका संयोजक दीपकराज अधिकारीले जानकारी दिनुभयो । त्यसैगरी कोरियनका आफन्तको टोलीसमेत आइतबार पैदलयात्रामार्फत घटनास्थलतर्फ लागेको छ ।

    चार चिनियाँ पर्यटक सम्पर्कमा
    यसैबीच थ्रोङला पार गर्ने क्रममा मनाङबाट सम्पर्कविहीन भएका चार चिनियाँ पर्यटक आइतबार सम्पर्कमा आएका छन् । ती पर्यटक थ्रोङला पार गरेर मुस्ताङ आइपुगेको पर्यटन प्रहरी कार्यालय पोखराका प्रहरी सहायक निरीक्षक टीकाराम पौडेलले जानकारी दिनुभयो ।

    मनाङको निस्याङ गाउँपालिका–९ मा रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको चेकपोष्टमा गत पुस २७ गते थ्रोङ्ला पासका लागि अनुमति लिएका उनीहरु सम्पर्कमा नआएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.