सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विराट मासिक ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा


  •    न्युजभित्तो/५ माघ २०७६, आईतवार १७:१४ 
  • चितवन । आगामी माघ ११ देखि एक महिनासम्म नारायणी नदी किनारमा सञ्चालन हुने विराट मासिक ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञस्थलमा नौ तले यज्ञ मण्डप समेत निर्माण भइसकेको महायज्ञका मूल वाचक बालयोगेश्वर महाराजश्रीले बताउनुभयो ।

    करिब तीन कठ्ठा क्षेत्रफलमा फैलिएको सो मण्डमा एकै साथ तीन हजार जना भन्दा बढीले कथा श्रवण गर्न सक्ने महाराजश्रीको भनाइ छ । यज्ञ मण्डप निर्माणसँगै भण्डारा लगाउने स्थलसमेत निर्माणको कार्य अन्तिम चरणमा पुगेको महाराजश्री जानकारी दिनुभयो । महायज्ञलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि यसअघि नै दुई हजार एक सय एक सदस्यीय मूल आयोजक समिति विस्तार गरिसकिएको छ ।

    महायज्ञका लागि १०८ पण्डितहरु समेत आउने क्रम सुरु भएको महायज्ञका सङ्कल्पकर्ता धर्मपाल गुरु वशिष्ठले जानकारी दिनुभयो । उहाँकाअनुसार १०८ तीर्थस्थलको जल लिन भ्रमणमा गएको टोली समेत जल लिएर फर्किने क्रममा रहेका छन् । नेपालको इतिहासमा नै पहिलो पटक नारायणगढको नारायणी नदी किनारमा १०८ कुण्डीय कोटिहोम गर्न लागिएको हो ।

    महायज्ञको प्रचार प्रसारका लागि स्वयंसेवक परिचालनदेखि मोटरसाइकल र्याली समेत गरिएको महायज्ञ मूल समितिका महासचिव एवम् प्रवक्ता दिलिप न्यौपानेले बताउनुभयो । महायज्ञमा दैनिक पाँच हजार भन्दा बढी श्रद्धालुहरु आउने अपेक्षा सहित तयारीको काम अगाडि बढाइएको न्यौपानेले बताउनुभयो । महायज्ञमा आउने श्रद्धालुका लागि खाना तथा नास्ताका साथै दैनिक एक हजार जनालाई बासको समेत व्यवस्था गर्नेगरि काम अगाडि बढाइएको न्यौपानेको भनाई छ ।

    फागुन ११ गतेसम्म सञ्चालन हुने महायज्ञमा हरेक दिन र रात एक/एक जना प्रमुख अतिथि तथा पाँच/पाँच जना विशिष्ठ अतिथि रहनेछन् । एक महिनासम्म सञ्चालन हुने ‘१०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञान महायज्ञ २०७६’ मा १०८ पण्डितद्वारा १०८ हवन कुण्डमा हवनसहित कथा वाचन हुनेछ । चितवनमा आयुर्वेदिक शिक्षालय स्थापना, क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग तथा जगतपुरको १२ बिघा क्षेत्रफलमा रहेको पशुपति मन्दिरलाई वृहत धामको रुपमा विकास गर्ने उद्देश्यले धार्मिक महोत्सवको आयोजना गर्न लागिएको हो ।

    नेपाल भ्रमण वर्ष २०२० आगमनसँगै नेपालमै ठूलो धार्मिक महोत्सवको आयोजन गरिएको उल्लेख गर्दै महायज्ञका मूल वाचक बालयोगेश्वर महाराजश्रीले यो महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने बताउनुभयो । विराट मासिक ज्ञान महायज्ञमा २५ करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य रहेको छ भने महायज्ञ सफल पार्नका लागि करिब पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महायज्ञमा देशभरबाट १० लाख भक्तजन आउने अपेक्षा गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.