सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुडासैनी आत्महत्या प्रकरण : चितवन अदालतद्वारा रवि लामिछानेसहित तीनै जनालाई सफाई (फैसलाको ठहर खण्डसहित)


  •    न्युजभित्तो/५ माघ २०७६, आईतवार १८:१४ 
  • चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले आरोपी तीनै जनालाई सफाई दिएको छ । आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई जिल्ला अदालत चितवनले सफाई दिएको हो ।

    अदालतका स्रेस्तेदार रुद्रमणि गिरीले दिनुभएको जानकारी अनुसार न्यायाधीश हेमन्त रावलको ईजलासले आईतबार उक्त फैसला गरेको हो । मागदावी नपुगेकाले तीनै जनाले सफाई पाएका गिरीले बताउनुभयो ।

    फैसलाअघि आज पक्ष र विपक्षकातर्फबाट बहस भएको थियो । आईतबार आरोपी तीनै जना अदालतमा उपस्थित थिए ।

    गत साउन २२ गते नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गरेको भिडियोमा रवि लामिछानेले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए ।

    पुडासैनीको सोही भिडियो बयानका आधारमा प्रहरीले न्यूज २४ टेलिभिजनमा ‘सीधा कुरा जनतासँग’ कार्यक्रमका सञ्चालक रवि लामिछाने र सोही कार्यक्रममा कार्यरत युवराज कँडेललाई साउन ३० गते काठमाडौँबाट पक्राउ गरी चितवन ल्याएर मुद्दा दायर गरेको थियो । सोही क्रममा कार्कीलाई पनि पक्राउ गरिएको थियो ।

    भदौ ९ गते न्यायाधीश रावलकै इजलासले लामिछाने र कँडेललाई धरौटीमा र कार्कीलाई सादा तारेखमा रिहा गरेको थियो । लामिछानेलाई पाँच लाख र कँडेललाई तीन लाख धरौटीमा रिहा गरिएको थियो ।

    जिल्ला अदालत चितवनबाट भएको फैसलाको ठहर खण्डको अंश :

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.