मकवानपुरको पानोरमा रिसोर्टमा बेहोस भेटिएका आठ भारतीय पर्यटकको मृत्यु
न्युजभित्तो/७ माघ २०७६, मंगलवार १३:०४
हेटौंडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–४, सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बास बसेका आठ जना भारतीय पर्यटकको मृत्यु भएको छ । उनीहरुलाई आज विहान बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि हेलीकोप्टरबाट काठमाडौँ लगिएको थियो । काठमाण्डौँको हेम्स अस्पतालका डाक्टरहरुले बेहोस रहेका आठै जनाको मृत्यु भएको घोषणा गरेका हुन् ।
हेलीकोप्टर मार्फत सबैलाई काठमाण्डौँ लगिएको र चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिनुभयो ।
मृत्युहुनेहरुमा भारत केरला बस्ने ३८ वर्षिय रन्जित कप, ३४ वर्षिय ईन्द्र, ३७ वर्षिय प्रबिण, ३२ वर्षिय सरिया, ५ बर्षिय अभि, ७ वर्षका अर्चना, ५ वर्षिय बैशनव र नौ वर्षिय बन्द्रा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको बताउनुभयो । प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि, मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्नेछ । नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए ।