राजनीति

निर्वाचनका लागि भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द हुने
-न्युजभित्तो

कञ्चनपुर, १३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाका बन्द गरिने भएका छन् । जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार यही फागुन २१ गते...

साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइँदै
-न्युजभित्तो

मुस्ताङ, १३ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँस्थित वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने ९मुस्ताङ–डोल्पा० सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ ।  हिमपातका कारण गत कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध उक्त सडकमा सवारी...

रौतहटमा तीनवटा अस्थायी मतदान केन्द्र निर्धारण
-न्युजभित्तो

चन्द्रपुर (रौतहट), १३ फागुन । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा तीन अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । रौतहटको क्षेत्र नं १ अन्तर्गत जिल्ला अदालत गौर परिसर, गौर कारागार परिसर र क्षेत्र नं ४...

हुम्लाका पन्ध्र मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता
-न्युजभित्तो

अदानचुली (हुम्ला), १३ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४ मतदान केन्द्रमध्ये १५ मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता छन् । जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाका अनुसार ३४ हजार ३७२ मतदाता रहेका जिल्लामा ६४ मतदान केन्द्रमध्ये...

नवलपुरमा निर्वाचन तयारी पूरा
-न्युजभित्तो

नवलपुर (नवलपरासी), १३ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा पाँच हजार बढी जनशक्ति परिचालन हुने भएका छन् । नवलपुर–१ का मुख्य निर्वाचन अधिकृत कमलप्रसाद ज्ञवालीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि जिल्लामा एक...

निर्वाचनमा खटिने कर्मचारीलाई प्रशिक्षण
-न्युजभित्तो

इनरुवा (सुनसरी), १३ फागुन । निर्वाचनमा खटिने कर्मचारीका लागि जिल्ला सदरमुकामपनि  १६७ मतदानस्थलमा खटिने कर्मचारीका लागि तालिम सञ्चालन भइरहेको हो । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने कर्मचारीका लागि तालिम इनरुवा–५ स्थित सारदा माविमा आयोजना गरिएको जिल्ला...

मधेसी महिलालाई मतदाता शिक्षा
-न्युजभित्तो

खजुरा (बाँके), १२ फागुन । यही फागुन २१ गते हुने ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’लाई लक्षित गरी बाँके र बर्दियाका महिलाका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ ।  महिला, कानुन र विकास मञ्च काठमाडाँैको सहयोगमा सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्र...

दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई
-न्युजभित्तो

गुल्मी, १२ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मीमा दुई  मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले गर्ने भएका छन् । महिलाले नेतृत्व गर्ने मतदान केन्द्रमा रेसुङ्गा नगपालिका‐८ स्थित सिद्धबाबा माध्यमिक विद्यालय को (क) केन्द्र र रेसुङ्गा...

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम
-न्युजभित्तो

मकवानपुर, १२ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि मकवानपुरको निर्वाचन क्षेत्र नं १ र २ का मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम दिन थालिएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन प्रक्रिया...

विधिको शासन स्थापनाका निम्ति लागिपर्ने अध्यक्ष लामिछानेको अठोट
-न्युजभित्तो

भद्रपुर (झापा), १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विधिको शासन स्थापनालाई प्रमुख विषयका रुपमा उठान गर्नुभएको छ । चन्द्रगढीमा आज आयोजित कोणसभामा सुशासन कायम नगरेसम्म राष्ट्रलाई समृद्धिको बाटो अग्रसर गराउन नसकिने भएकाले जनचाहनाअनुरुप राज्यसत्ता सञ्चालन गर्ने आफ्नो...