सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई


  •    न्युजभित्तो/१२ फाल्गुन २०८२, मंगलवार १५:०७ 
  • गुल्मी, १२ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मीमा दुई  मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले गर्ने भएका छन् । महिलाले नेतृत्व गर्ने मतदान केन्द्रमा रेसुङ्गा नगपालिका‐८ स्थित सिद्धबाबा माध्यमिक विद्यालय को (क) केन्द्र र रेसुङ्गा नगपालिका‐५ स्थित जनसहयोग माध्यमिक विद्यालयको (ख) केन्द्र रहेका छन् ।  

    उक्त मतदान केन्द्रमा सुरक्षाकर्मीसहित सम्पूर्ण महिला कर्मचारी परिचालन गरिएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक मतदान अधिकृत कृष्णप्रसाद भट्टराईले जानकारी दिनुभयो । सदरमुकाम तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयको (क) केन्द्रको बुथमा मतदान अधिकृत सृजना मिश्र रहनुभएको छ । त्यसैगरी, भुवनपानीस्थित जनसहयोग माध्यमिक विद्यालयको (ख) केन्द्रको बुथमा मतदान अधिकृत पुष्पा रायमाझी अर्याल रहनुभएको छ ।

    जिल्ला निर्वाचन कार्यालयद्वारा गुल्मीमा दुईवटै क्षेत्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ । निर्वाचन अभिमुखीकरणपश्चात् निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गर्न मतदान अधिकृतलाई जिम्मेवारी प्रदान गरिएकोे जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले बताउनुभयो । 

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा एक हजार ७१६ कर्मचारी खटाइएको छ । निर्वाचनका लागि जिल्लामा रहेका २८५ मतदान केन्द्रमा २८५ मतदान अधिकृत, २८५ सहायक मतदान अधिकृत, प्रत्येक मतदान केन्द्रमा तीन जनाका दरले ८५५ सहायक कर्मचारी र २८५ सहयोगी कर्मचारी परिचालन गरिने निर्वाचन अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो ।

    जिल्ला कारागार कार्यालयमा कर्मचारी तथा कैदीबन्दीका लागि एक अस्थायी मतदान केन्द्र राख्न निर्वाचन आयोगलाई सिफारिस गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको गुल्मीमा एक लाख १५ हजार २१० महिला, एक लाख १४ हजार ३३७ पुरुष र अन्य दुई गरी कुल दुई लाख २९ हजार ५४९ मतदाता रहेका छन । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.