राजनीति
काठमाडौँ, ५ माघ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले चाडपर्वहरूले आपसी एकता, सद्भाव र सामाजिक सहअस्तित्वलाई सुदृढ बनाउने बताउनुभएको छ । तामाङ समुदायले मनाउने सोनाम ल्होसारका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले प्रत्येक जातजाति तथा...
बागमती, ५ माघ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र बसोबास गर्ने जातजातिका संस्कृतिहरूको संरक्षण तथा प्रवर्द्धन गर्दै पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम ल्होसार पर्व २०८२...
काठमाडौँ, ५ माघ । मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले राससलाई जानकारी दिनुभयो...
नेपालगन्ज, ५ माघ । बाँकेका दुई स्थानीय तहले महिला तथा बालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि नीति निर्माणको तयारी गरेका गरेका छन् । महिला तथा बालवालिकाविरुद्ध हुने हिंसा सम्बोधनका लागि आज यहाँ पत्रकारसँगको छलफलमा ती स्थानीय तहले हिंसाविरुद्धको नीति तयार...
काठमाडौँ, ५ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भनी कामना गर्नुभएको छ । उहाँले सोनाम ल्होसारको अवसरमा आज...
काठमाडौँ, ५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन कर्मचारीतन्त्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको आइतबार बिदाई कार्यक्रममा मन्त्री खरेलले राजनीतिक विश्वास र कर्मचारीको सहयोगबिना मुलुकको विकास हुन नसक्ने...
काठमाडौँ, ५ माघ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले अङ्गिकार गरेको गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका आधारभूत मूल्यहरूलाई सोनाम ल्होसार जस्ता पर्वले अझ सुदृढ बनाउन सहयोग पु-याउने विश्वास व्यक्त गर्नुभएको छ । नेपालका तामाङ समुदायसहित ह्योल्मो,...
वीरगञ्ज (पर्सा), ५ माघ । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पर्सामा तोकिएको एक सय ६७ मतदानस्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । जिल्लाभरि भने एक सय ६७ वटा मतदानस्थल छन् ।...
म्याग्दी, ५ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि जिल्लामा तयारी तीव्र पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरु चुनावको तयारीमा जुटेका हुन् । जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले...
रसुवा, ५ माघ । आसन्न प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी दलहरुले तोकिएको मापदण्ड अनुरूप अगाडि बढ्ने प्रतिबद्वता जनाएका छन् । बैठकमा आचार संहिताको पूर्णपालना, स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने, मनोनयन दर्ताका लागि समय निर्धारण जस्ता...

















