सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचनमा खटिने कर्मचारीलाई तालिम


  •    न्युजभित्तो/१२ फाल्गुन २०८२, मंगलवार १४:५० 
  • मकवानपुर, १२ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि मकवानपुरको निर्वाचन क्षेत्र नं १ र २ का मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम दिन थालिएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन प्रक्रिया सञ्चालन गर्ने सम्बन्धि प्रशिक्षण दिन थालिएको हो ।

    तालिममा जिल्लाका तीन सय ७४ मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन प्रक्रिया सञ्चालन गर्नेलगायत विषयमा तालिम दिइरहेको निर्वाचन अधिकृत कार्यालयका प्रमुख निर्वाचन अधिकृत गीता श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार ती सबै मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक स्तरका कर्मचारीलाई आजदेखि नै नियुक्तीपत्र हस्तान्तरढा गरिने छ ।

    अति दुर्गम भेगका मतदान केन्द्रमा फागुन १७ गते नै मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीलाई निर्वाचन सामाग्री, मतपत्र, मतपेटीका साथै सुरक्षा टोलीसहित पठाइने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाभर तीन सय ७४ मतदान केन्द्रमा दुई हजार २४४ कर्मचारी खटाइएको छ । दुवै क्षेत्रमा गरी विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा तीन लाख १५ हजार ३३५ मतदाता रहेका बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
    चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
    बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
    • प्रदेशमा सुशासन कायम गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता
    • सुनचाँदीको मूल्य वृद्धि
    • श्रमदानबाट सेउती खोलामा फलामे पुल निर्माण
    • निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.