राजनीति

उम्मेदवार छान्ने बैठकमा दाबेदार नै नआएपछि पौडेल पनि बैठकबाट बाहिरिए
-न्युजभित्तो

काठमाडौं, २२ मङ्सिर  । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समुहको बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ९ः३० बजेदेखि जारी रहेको छ । तर उक्त बैठकमा हालसम्म सो समूहबाट सभापतिका उम्मेदवारमा दावी गर्दै आएका नेताहरू कोही पनि आएका छैनन् । स्रोतका अनुसार...

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-न्युजभित्तो

मान्म, २२ मङ्सिर  । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका कालिकोटका नारायणप्रसाद भट्टराई तथा बागलुङका मणिभद्र शर्मा कँडेल र प्रकाश शर्मा पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय भट्टराईले कालीकोटबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएपछि...

मुलुकलाई निकास दिन कांग्रेस वैचारिक बहसमा केन्द्रित होस्ः प्रतिपक्षी
-न्युजभित्तो

काठमाडौँ, २२ मङ्सिर  । सहयात्री राजनीतिक दलले १४औँ महाधिवेशनबाट मुलुकलाई हालको परिस्थितिबाट निकास दिनका लागि वैचारिक बहससहित सुस्पष्ट कार्यदिशाको मार्गचित्र घोषणा गर्न नेपाली कांग्रेसलाई सुझाव दिएका छन् । प्रमुख प्रतिपक्षलगायत दलले मुलुकमा लोकतन्त्र स्थापना गर्न भएका सबै आन्दोलनमा नेतृत्वदायी...

एमाले केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने
-न्युजभित्तो

काठमाडौँ, २२ मङ्सिर ।  नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले ठाउँको अभावले भक्तपुरको गट्ठाघरस्थित जर्मन होममा बैठक बस्ने जानकारी दिनुभयो । यसअघि ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरेको...

कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ गतेबाट सुरु हुँदै
-न्युजभित्तो

काठमाडौं,२२ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ गतेबाट काठमाडौंमा सुरु हुँदैछ । २४ गते दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उदघाटन र हलमा बन्द सत्र हुनेछ । २५ गते मनोनयन दर्ता, २६ गते उम्मेदवारको अन्तिम सूची प्रकाशन र २७...

एमाले केन्द्रीय कमिटीमा नयाँ अनुहारको बाहुल्य
-न्युजभित्तो

काठमाडौँ, २२ मङ्सिर । नेकपा (एमाले) को ३०१ सदस्यीय केन्द्रीय कमिटीमा १३७ जना (४६ प्रतिशत) नयाँ सदस्यको प्रवेश भएको छ । यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दसौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन र सहमतिका माध्यमबाट नयाँ नेतृत्व चयन...

नेका संस्थापन इतर समूहको बैठक सुरु
-न्युजभित्तो

काठमाडौँ, २२ मङ्सिर । सभापतिको साझा उम्मेदवारको टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक अहिले बसिरहेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेदरवार तय गर्ने र त्यसपछि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि...

प्रधानमन्त्री देउवाद्वारा विवाह पञ्चमीको शुभकामना
-न्युजभित्तो

काठमाडौँ, २२ मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज शुभकामना सन्देशमार्फत भगवान् राम र देवी सीताको प्रेरणाबाट सत्य, धर्म, आचरण, अनुशासन, कर्तव्य र सामाजिक...

कांग्रेस महाधिवेशन : निर्वाचनमा ‘प्यानल’ बनाउने तयारी
-न्युजभित्तो

काठमाडौँ, २२ मङ्सिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाउनुभएको छ । आज बिहान उहाँको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल...

विद्यालयमा ‘पढ्दै कमाउँदै ’कार्यक्रम लागू गर्छौँ : शिक्षामन्त्री पौडेल
-न्युजभित्तो

नवलपुर, २२ मङ्सिर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई सिकाइसँग र सिकाइलाई उत्पादनसँग जोड्न...