सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री देउवाद्वारा विवाह पञ्चमीको शुभकामना


  •    न्युजभित्तो/२२ मंसिर २०७८, बुधबार ११:१७ 
  • काठमाडौँ, २२ मङ्सिर । प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ ।

    उहाँले आज शुभकामना सन्देशमार्फत भगवान् राम र देवी सीताको प्रेरणाबाट सत्य, धर्म, आचरण, अनुशासन, कर्तव्य र सामाजिक न्यायको उत्कृष्ट नमूना प्राप्त गर्न सकिने उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री देउवाले नेपालकी छोरी देवी सीता हाम्रो गौरवकी प्रतिमूर्ति भएको र हामीले एउटा आदर्श नारीमा हुनुपर्ने गुणसमेत उहाँले प्रदर्शन गरेको व्यवहारबाट सिक्न सकिने बताउनुभएको छ ।

    त्रेतायुगमा अयोध्याबाट भगवान् राम प्राचीन मिथिला राज्यको राजधानी जनकपुरधाम आएर वैदिक सनातन हिन्दू संस्कृतिअनुसार राजकुमारी सीतालाई विवाह गर्नुभएको मङ्सिर शुक्ल पञ्चमीको आजको ऐतिहासिक एवं सांस्कृतिक महत्वको विशेष दिनलाई विवाह पञ्चमी पर्वले चिनिन्छ ।

    राम र सीताको विवाहको उत्सव मनाउन रामजानकी मन्दिरमा सीता र उहाँका श्रीमान् रामलाई विशेष श्रद्धाका साथ सम्झिने र उहाँहरुको कीर्तिको गुणगान गर्दै साताव्यापी विविध धार्मिक कार्यक्रम गर्ने प्रचलन छ । कोभिड–१९ को महामारी निर्मूल नभइसकेको विद्यमान अवस्थामा स्वास्थ्य मापदण्डलाई ख्याल राख्दै सतर्कतापूर्वक यो पर्व मनाउन प्रधानमन्त्री देउवाले आग्रह गर्नुभएको छ ।

    सांस्कृतिक महत्व बोकेको यस ऐतिहासिक महान् पर्वले सबैमा आपसी भाइचारा, सद्भाव र राष्ट्रिय एकताको भावना अभिवृद्धिमा प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.