राजनीति

राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी गर्न आह्वान
-न्युजभित्तो

काठमाडौँ, १९ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गर्नुभएको छ । उहाँले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गर्नुभएको...

मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह
-न्युजभित्तो

झापा, १९ माघ । जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक सञ्जालबाट ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत...

बागलुङमा मतदाता फकाउन घरदैलोमा उम्मेदवार
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), १९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलले उम्मेदवारसहित घरदैलो अभियान तीव्र पारेका छन् । फागुन ४ गतेअघि आमसभा तथा खुला कार्यक्रम गर्न नपाउने भएपछि उम्मेदवार मतदाताको घरदैलो कार्यक्रममा छन्...

“अँध्यारोमा हराउँदै गएको नाबालिकाको भविष्य उज्यालो बनाउने मीना कुमारी खरेल”
-न्युजभित्तो

चितवन, १८ माघ ।  अँध्यारोमा हराउँदै गएको नाबालिकाको जीवनमा आशाको उज्यालो ल्याउने हात हुन् समाजसेवी तथा अभियन्ता मीना कुमारी खरेल। १२ वर्षीया एक नाबालिका उषा (नाम परिवर्तन) आँखा भरि आँसु लिएर पहिलो पटक मीना कुमारी खरेलको सामु पुगेकी थिइन्। उनी...

मतदाता भन्छन्ः उम्मेदवार हेरेर आफ्नो मत दान गर्छौं
-न्युजभित्तो

दशरथचन्द (बैतडी), १८ माघ । यहाँको सिगास गाउँपालिका–९ का रवीन्द्र र हिमा बोहराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो पटक मतदान गर्दैछन् । पहिलो पटक मतदान गर्न पाउँदा उहाँहरु दुवै जना उत्साहित हुनुहुन्छ । साथै पहिलो...

कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा
-न्युजभित्तो

लेखनाथ (कास्की), १८ माघ । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि नेपाली कांग्रेसमा कुनै गुट नभएको र पार्टीको जिम्मेवारी युवाको काँधमा गएको बताउनुभएको छ ।  नेपाली कांग्रेस कास्की क्षेत्र नं २ को पोखरा–८ सिमलचौरस्थित चुनाव प्रचारप्रसार समितिको...

प्रतिनिधिसभा निर्वाचनः कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार
-न्युजभित्तो

महेन्द्रनगर, १८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा स्वतन्त्रसहित ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा तीन वटा निर्वाचन क्षेत्र रहेकामा कूल ५५ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये ४८...

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ, १८ माघ । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक स्थिति माथि उठाउने गरी राज्यका आर्थिक नीतिहरु हुनुपर्नेलगायत विषय समेटेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सो पार्टीले आज पत्रकार सम्मेलन गरी महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ को...

लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी सुरु
-न्युजभित्तो

काठमाडौँ, १८ माघ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही तथा कालिका मानवज्ञान माध्यमिक विद्यालयको सह–आयोजनामा विद्यालय परिसरमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी’ सुरु भएको छ । शनिबारदेखि सुरु भएको प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र बुटवल...

रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
-न्युजभित्तो

काठमाडौँ, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्यालको संयोजत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरको छ । सो पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार निर्वाचनलक्षित...