सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्री गुरुङद्वारा प्रहरीलाई जिम्मेवारी बहन गर्न निर्देशन


  •    न्युजभित्तो/१८ चैत्र २०८२, बुधबार १६:५४ 
  • काठमाडौँ, १८ चैत । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर कार्यालय, काठमाडौँको निरीक्षण गर्नुभएको छ । उहाँले आज प्रहरी कार्यालयको निरीक्षण गर्दै जिम्मेवार र पारदर्शी भएर जनहितमा काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँलाई उच्चपदस्थ प्रहरी कर्मचारीले स्वागत गर्नुभएको थियो । 

    गृहमन्त्री गुरुङले निरीक्षणपछि प्रहरीलाई समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम गर्नरगराउन आफ्नो भूमिका जिम्मेवारीपूर्वक बहन गर्न निर्देशन दिनुभयो । प्रहरीले कर्तव्यपालना गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने बताउँदै उहाँले आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीले प्राप्त गरेको कुशलताको प्रशंसा र्नुभयो । 

    गृहमन्त्री गुरुङले आमनागरिकसँगको सम्बन्धलाई थप सुमधुर बनाउँदै नागरिक र प्रहरीबीच मित्रवत् सम्बन्ध कायम राख्न शिष्ट बोली, वचन र व्यवहार आवश्यक पर्नेमा जोड दिनुभयो । उहाँले नागरिकका समस्या समाधान गर्न शिष्टताका साथ लाग्नुपर्ने बताउनुभयो । समाजले प्रहरीप्रति हेर्ने दृष्टिकोणलाई सकारात्मक परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले त्यसका लागि उत्कृष्ट सेवा प्रवाह महत्वपूर्ण माध्यम रहेको धारणा राख्नुभयो ।

    नागरिकको सेवालाई केन्द्रमा राखेर प्रहरीले सेवा उपलब्ध गराउन सुझाव दिँदै गृहमन्त्री गुरुङले विभिन्न प्रकारका विपद् व्यवस्थापनमा प्रहरीले अग्रपङ्क्तिमा रहेर भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा पनि गर्नुपर्ने बताउनुभयो । उहाँले प्रहरीलाई थप आत्मनिर्भर र सशक्त बनाउन साधनस्रोतयुक्त बनाउनुका साथै समयानुकूल आवश्यक तालिमको व्यवस्थापन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.