सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खेलकुदप्रति आकर्षण बढाउनुपर्नेमा मन्त्री पोखरेलको जोड


  •    न्युजभित्तो/१७ चैत्र २०८२, मंगलवार १७:०४ 
  • काठमाडौँ, १७ चैत । युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिँदै त्यस निम्ति विद्यालय, स्थानीय क्लब र गाउँस्तरबाट नै उनीहरूलाई  यसमा समाहित गर्नुपर्ने बताउनुभएको छ  ।

    राष्ट्रिय खेलकुद परिषद्ले उहाँको सम्मान आज यहाँ  आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले खेलकुदका माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउने खेलाडी उत्पादन गर्न परिषद्लगायत खेलकुदसँग सम्बद्ध सङ्घसंस्था क्रियाशील हुनुपर्ने बताउनुभयो ।   

    खेल क्षेत्रमा चुनौती र अवसर दुवै भएकाले बोलेर भन्दा पनि काम गरेर देखाउनु पर्ने बताउनुभयो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् अच्युतम लामिछानेले नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) लाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

    परिषद्का सदस्यसचिव रामचरित्र मेहताले राखेपको बोर्ड र कार्यसमितिको संरचना, कार्यक्षेत्र, बजेट, भौतिक पूर्वाधारको अवस्थालगायत परिषद्का गतिविधिबारे जानकारी गराउनुभयो ।

    त्यसअघि मन्त्री पोखरेलले सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिसरमा  निर्माणाधीन जेनजी पार्क, खेलकुद विज्ञान अनुसन्धान केन्द्रको निरीक्षण गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.