सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गृहमन्त्री गुरुङद्वारा पशुपति मन्दिरको दर्शन तथा पूजाअर्चना


  •    न्युजभित्तो/१९ चैत्र २०८२, बिहीबार १३:५३ 
  • काठमाडौँ, १९ चैत । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ । आज बिहान पशुपतिनाथ मन्दिर पुगेर विधिपूर्वक पूजाअर्चना गर्नुका साथै मन्दिर क्षेत्रको समग्र अवलोकन गर्नुभएको हो ।

    उहाँ गृहमन्त्री नियुक्त भएपछि पहिलोपटक पशुपतिनाथ दर्शनका लागि पुग्नुभएको हो । हनुमान जयन्तीको अवसर पारेर उहाँ पशुपतिनाथ मन्दिर पुग्नुभएको मन्त्री गुरुङको सचिवालयले जनाएको छ ।

    मन्दिर दर्शनपछि गृहमन्त्री गुरुङले देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गर्नुभएको थियो । उहाँले मन्दिर क्षेत्रको सरसफाइ, व्यवस्थापन तथा तीर्थयात्रीको सुविधाका विषयमा सम्बन्धित निकायसँग जानकारी लिँदै आवश्यक सुधारका लागि निर्देशनसमेत दिनुभएको छ ।

    यस क्रममा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले मन्दिर क्षेत्रको वर्तमान अवस्था, व्यवस्थापनका चुनौती तथा भइरहेका विकास निर्माणका कामबारे जानकारी गराएका थिए । गृहमन्त्री गुरुङले धार्मिकस्थलको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.