राष्ट्रिय

लोकतन्त्रलाई कुबाटोमा धकेल्ने चेष्टाबाट मुलुकलाई जोगाउन नयाँ निर्वाचनमा जानु परेको: प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौं , ७ फागुन  । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कुबाटोमा धकेल्ने चेष्टाबाट मुलुकलाई जोगाउन नयाँ निर्वाचनमा जानु परेको बताएका छन् । ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूभित्रैबाट अस्थिरता सिर्जना गर्न खोजिएकाले ताजा...

 संसद विघटन, महँगी र अनियमितताविरुद्ध आन्दोलनरत अनेरास्ववियू (रञ्जित तामाङ समूह)ले चौथो चरणको संघर्षका कार्यक्रम सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ, ७ फागुन ।  संसद विघटन, महँगी र अनियमितताविरुद्ध आन्दोलनरत अनेरास्ववियू (रञ्जित तामाङ समूह)ले चौथो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाको प्रचण्ड–माधव नेपाल निकट तामाङ समूहले प्रतिगमनलाई जुत्ता हान्ने र शंख जुलुससहित बालुवाटार घेराउ गर्ने लगायतका आन्दोलनका कार्यक्रम...

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५ सय बढी कैदीबन्दीको कैद सजाय माफी
-न्युजभित्तो

काठमाडौँ, ७ फागुन ।  सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५ सय बढी कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता...

प्रचण्ड-माधव पक्ष आज बहुमत केन्द्रीय सदस्यको नागरिकता र परिचयपत्र सहित निर्वाचन आयोग जाने
-न्युजभित्तो

काठमाडौं, ७ फागुन । निर्वाचन आयोगले पुस ५ गतेपछिको नेकपाका दुवै पक्षका निर्णय अमान्य भनेपछि पार्टीको आधिकारिकता नपाउने आशंका गरेको प्रचण्ड-माधव पक्ष आज बहुमत केन्द्रीय सदस्यको नागरिकता र परिचयपत्र सहित आयोगमा जाने भएको छ । पेरिसडाँडास्थित प्रचण्ड–माधव पक्षको केन्द्रीय कार्यालयले...

प्रजातन्त्र दिवसको गौरवमय दिनका अवसरमा कांग्रेसका सभापति देउवाद्वारा सबै नेपालीमा शुभकामना व्यक्त
-न्युजभित्तो

काठमाडौँ, ७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत ७० वर्षअघि विसं २००७ कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक...

आफू चितवनमा शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध भएको: चितवन प्रहरीका प्रमुख प्रहरी उपरीक्षक अधिकारी
-न्युजभित्तो

चितवन, ०६ फागुन ।केही दिन अघिदेखि मात्रै कार्यभार सम्हालेका चितवन प्रहरीका प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीले शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध भएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनमा बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रहरी उपरीक्षक अधिकारीले नेपाल सरकार र...

सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको:सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ
-न्युजभित्तो

काठमाडौँ, ६ फागुन ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीति-कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गर्नुभएको छ । मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकारसँगको अन्तक्र्रियामा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न...

नेपाली कांग्रेसको क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची असार ७ गते टुङ्गो लगाइने
-न्युजभित्तो

काठमाडौँ, ६ फागुन । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची आगामी असार ७ गते केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तयारी गरेको छ । कांग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै...

सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द
-न्युजभित्तो

दुल्लू, ६ फागुन । सामाजिक सञ्चालक टिकटकका कारण दैलेखमा एकजना विद्यार्थीको परीक्षा रद्द भएको छ । परीक्षाको मर्यादा विपरीत परीक्षा समयमा भए गरेका क्रियाकलापलाई टिकटक बनाइ सामाजिक सञ्जालमा राखेकोले विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द गरिएको हो । आठबीस नगरपालिका–६ सिंहासैनको...

न्यायपालिकाको स्वतन्त्रता र गरिमाका पक्षमा आफू दृढताका साथ उभिएको:प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौँ, ६ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा स्वयं उपस्थित भएर अदालतको अवहेलनाविरुद्धको मुद्दा सम्बन्धमा लिखित जवाफ दिँदै न्यायपालिकाको स्वतन्त्रता र गरिमाका पक्षमा आफू दृढताका साथ उभिएको बताउनुभएको छ । प्रधानमन्त्री ओली आज आफँै अदालतमा उपस्थित भएर अदालतको...