सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गौतमबुद्ध रंगशालामा ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान, एक लाख तिरे कुर्चीमा नाम


  •    न्युजभित्तो/१७ फाल्गुन २०७७, सोमबार १७:४० 
  • चितवन, १७ फागुन । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सर्वसाधारणले कुर्चीमा नाम लेखाउन पाउने भएका छन् । फाउण्डेसनले आज सोमबार पत्रकार सम्मेलन गर्दै “हाम्रो रंगशालामा मेरो कुर्सी’ नामक अभियानको थालनी गर्दै रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाउने जानकारी दिएको हो ।

    कसैले आफू वा आफ्नो परिवारका सदस्यको नाम कुनै कुर्चीमा लेखाउन चाहे फाउण्डेसनलाई १ लाख रुपैयाँ सहयोग गर्नुपर्नेछ । रंगशालामा ७ वटा प्रदेश र ७७ वटै जिल्लाको पहिचान झल्किने गरी छुट्टाछुट्टै कक्षहरु निर्माण गरिनेछ । ‘हाम्रो रंगशाला मेरो कुर्सी’ मा जोडिने दाताले आफ्नो जिल्ला अन्तर्गत रहेको सिट लिन सक्ने व्यवस्था फाउन्डेसनले बताएको छ । यस अभियानबारे विस्तृत जानकारी मोबाइल एप्स, फेसबुक र अन्य सञ्चार माध्यमबाट एक महिनाभित्र सार्वजनिक गरिने फाउण्डेसनले जनाएको छ ।

    पछिल्लो समय रंगशाला निर्माणका लागि आर्थिक संकट बढ्दै जान थालेपछि पाउण्डेशनले यस अभियानको सुरुवात गरेको हो । फाउण्डेसनले यस अभियानबाट ३० हजारले कुर्सीमा नाम राख्ने र ३ अर्ब रुपैयाँ संकलन हुने अपेक्षा राखेको छ । जनस्तरबाट रंगशाला निर्माण भइरहेको छ ।

    रंगशाला निर्माणमा हालसम्म ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैंया २३ पैसा खर्च भएको छ । सोमबार सार्वजनिक विवरणअनुसार हालसम्म ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैयाँ ८० पैसा मात्र आर्थिक संकलन भएको छ । रंगशाला निर्माण गर्दा हालसम्म ११ करोड १७ लाख ८२ हजार २७ रुपैयाँ ४३ पैसा ऋण रहेको फाउन्डेसनले जानकारी दिएको छ । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले मैदानको काम ८५ प्रतिशत र प्याराफिट तर्फको काम ३० प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो । विस्तृत परियोजना प्रतिवेदनअनुसार रंगशाला निर्माणको कूल लागत ३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.