चितवनमा आजदेखि निषेधाज्ञाः तरकारी तथा खाद्यान्न पसल विहान ३ घण्टा मात्रै खोल्न पाइने
न्युजभित्तो/१७ बैशाख २०७८, शुक्रबार ११:०५
चितवन, १७ बैशाख । चितवनमा आजदेखि निशेधाज्ञ जारी भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन थालेपछि वैशाख ३१ गतेसम्मको लागि निशेधाज्ञा जारी गरेको हो । चितवन प्रशासनले लगाएको यो निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक हिँडडुल र सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
उद्योग, कलकारखाना, बजार र यातायात न्यून मात्र चलेका छन् । निषेधाज्ञा जारी भएसँगै जिल्ला भएर राजमार्गमा अत्यावश्यक र लामो दूरीका सवारी साधन मात्र चलेका छन् । निषेधाज्ञापछि स्थानीयवासी घरमा नै रहेका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक आदेश जारी गर्दै खाद्यान्न, तरकारीलगायतका सेवा दिने पसलहरु बिहान ६ देखि ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने जानकारी दिएका छन् । प्रजिअ लामिछानेका अनुसार तरकारी, फलफुल, खाद्यान्न, माछा, मासु, अण्डा, पानी र निर्माण सामाग्री बिक्री गर्ने पसल तथा व्यवसायहरु बिहान ३ घण्टा मात्र सञ्चालन गर्न पाइनेछ ।
उद्योग कलकारखाना संचालन गर्दा कर्मचारी तथा कामदार सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र उद्योग भित्र आवासको व्यवस्था गर्नुपर्नेछ । उद्योगभित्र आवासको व्यवस्थ गर्न नसके कर्मचारी तथा कामदारलाई उद्योगले नै ल्याउने लाने व्यवस्था गर्नुपर्ने जारी आदेशमा भनिएको छ । चितवनमा राती १२ बजेदेखि निषेधाज्ञा लागु भएको छ ।