सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जसपाको माइन्युट उपेन्द्रको घरमा, खाली कागजमा बहुमत सदस्यको हस्ताक्षर


  •    न्युजभित्तो/१७ बैशाख २०७८, शुक्रबार १०:४० 
  • काठमाडौं,१७ वैशाख । संघीय संसदको चौथो ठूलो र सत्ता समीकरणमा निर्णायक मानिएको दल राष्ट्रिय जनता पार्टी (राजपा) विभाजन प्रक्रियामा अघि बढेको छ । लुम्बिनीका चार सांसदलाई उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले सुटुक्क बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षरको निर्णय पठाएर पदमुक्त गरेपछि पार्टी विभाजनमा अघि बढेको हो ।

    आधिकारिकता नबुझी लुम्बिनी प्रदेशका सभामुख पूर्णवहादुर घर्तीले ६ सदस्यीय संसदीय दलका चारजनालाई पदमुक्त गर्ने प्रक्रिया नै गलत रहेको भन्दै यसलाई कानुनी चुनौति दिने महन्थ ठाकुर-राजेन्द्र महतो पक्षको तयारी छ । स्वयं पदमुक्त भएका सांसदहरु अदालत जाने भएका छन् ।

    संघीय सरकारमा केपी ओलीसँग वार्ता गरेर १२० जना मधेश आन्दोलनका नेता कार्यकर्ताको मुद्दा फिर्ता गराउन सफल भएको महन्थ ठाकुर पक्षले यसलाई ठूलो उपलब्धीका रुपमा लिएको छ । ठाकुर पक्ष ओलीको विकल्प खोज्ने पक्षमा छैन ।

    बाबुराम-उपेन्द्र पक्ष तत्कालै ओलीलाई सत्ताच्यूत गर्ने मनस्थितिमा छन् । यो लडाइँको शिकार लुम्बिनी प्रदेशका चार सांसद भएका छन् । पटक पटक अविश्वास प्रस्तावको पक्षमा जान आग्रह गरे पनि ठाकुर तयार नभएपछि बाबुराम र उपेन्द्रले ५१ सदस्यीय कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षर खाली कागजमा गराएका छन् ।

    स्रोतका अनुसार यो कागज पार्टीमा अर्को पक्षका नेता तथा सांसदहरुलाई कारवाही गर्ने, केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने र निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका लागि प्रयोग गर्ने प्रयोजनका लागि भएको हो ।

    स्रोतका अनुसार गत मंगलवार केन्द्रिय पार्टी कार्यलय वालकुुमारीमा जसपाका शीर्ष पाँच नेताको बैठक बस्दा उपेन्द्र यादवले तत्काल केन्द्रीय कार्यकारणी समितिको बैठक बोलाउन माग गरेका थिए ।

    तर ठाकुर र महतोले कोराना संक्रमणका कारणमा काठमाडौंमा विहीवारदेखि निषेधाज्ञा लागेकाले खुलेपछि मात्रै बैठक गर्नु पर्ने आफ्नो भनाई राखेका थिए ।

    त्यसपछि ठाकुर र महतोसहित अन्य पदाधिकारी हिँडे । ठाकुर पक्ष हिँडेपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टी कार्यलयमै आफना निकट कार्यकारिणी समिति सदस्यहरु बोलाएका थिए ।

    यादवले कार्यकारणी सदस्यहरुलाई सादा कागजमा हस्ताक्षर गराउदै उक्त हस्ताक्षर लुम्बिनी प्रदेशका चार सांसदको कारवाही र केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध काग्रेस माओवादी संग मिलेर अविश्वास प्रस्ताव ल्याउन प्रयोग गर्ने बताएका थिए ।

    यस अघि यादवले संसदीय दलको कार्यलयवाट जसपाको संसदीय दलको माइन्युट पनि गुपचुप रुपमा लगेर आफूसँगै राखेको जसपा स्रोतले जनाएको छ । मंगलवार यादवले कति जना कार्यकारणी समिति सदस्यहरुको हस्ताक्षर संकलन गरेका थिए भन्ने प्रष्ट खुलेका छैन ।

    तर उनी पक्षका नेताहरुले २८ देखि ३३ जना सम्मको हस्ताक्षर संकलन गरिएको दावी गरेका छन । जसपाको कार्यकारणी समिति अहिले ५१ सदस्यीय छ । साबिक राजपाका २६ र समाजवादीका २५जना समेटेर बनाइएको कार्यकारिणी समितिका महेन्द्र यादव पक्षधर तीन जना अहिले उपेन्द्रतिर लागेका छन् ।

    गत वर्ष यसैबेला उपेन्द्र यादवसँग अशन्तुष्ट भएर अलग हुन चाहेका रेणु यादव, प्रदीप यादव, इस्तियाक राई लगायतलाई सहज बनाइदिन ओलीले राजनीतिक दल सम्बन्धी ऐन संशोधन अध्यादेश ल्याएका थिए । तर त्यसको आफनै पार्टीबाट चर्को विरोध भएपछि फिर्ता लिएका थिए ।

    यादव पक्षका त्यसबेलादेखिनै असन्तुष्ट रहेका सांसदहरुलाई बाबुराम भट्टराईले यसबीचमा धेरै मेहनत गरेर महन्थ ठाकुरको पक्षमा लाग्नबाट रोकेको जसपा नेताहरु बताउछन् । उपेन्द्र यादवसँग उनीहरु अशन्तुष्ट रहे पनि बाबुरामले समेटेका कारण संसदीय दल र कार्यकारिणी समितिमा उपेन्द्र बाबुराम पक्ष बहुमत रहेको छ ।

    साबिक समाजवादी पार्टीका सबै सांसदलाई बाबुरामले समेटेको र साबिक राजपाका महेन्द्र यादव पक्षधर पनि बाबुराम उपेन्द्रतिर लागेका कारण ठाकुर पक्ष अल्पमतमा परेको छ । यहि मौकामा लुम्बिनीका सांसदलाई कारवाही गर्ने र दबाबमा पारेर अ‍ोलीविरुद्ध अविश्वास प्रस्तावमा सहमत गराउने प्रयास बाबुराम उपेन्द्रको छ ।

    तर ठाकुर पक्षले लुम्बिनी प्रकरण पार्टी विभाजनको बिजारोपण भन्दै पार्टीको प्रथम अध्यक्षको हैसियतमा महन्थ ठाकुरले बोल्ड निर्णय गर्ने दावी गरेको छ । त्यो भनेको थप क्षति हुनुअघिनै पार्टी एक वर्षअघिकै अवस्थामा फर्काउने हो । जसपा एकीकरण निर्वाचन आयोगमा बाहेक अन्यत्र भएको छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.