राष्ट्रिय

पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु
-न्युजभित्तो

धनुषा, २८ जेठ । यहाँ पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ । दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका...

संरक्षणका अभावमा राजरङ्गशाला प्रयोगविहीन
-न्युजभित्तो

राजविराज, २८ जेठ । सप्तरीको राजविराजस्थित राजरङ्गशाला संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको छ । पछिल्लो समय रङ्गशालाको पर्खाल ठाउँ–ठाउँमा भत्किएको छ भने प्रवेशद्वारसमेत खुला रहेकाले रङ्गशाला बटुवाहरुको खुला शौच गर्नेस्थल बनेको छ । भएका संरचना समेत जीर्ण हुँदै गएपछि...

निषेधाज्ञामा महिला, बालबालिका हिंसाका ३७ घटना
-न्युजभित्तो

चितवन, २८ जेठ । कोभिड–१९ संक्रमणसँगै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा जिल्लामा महिला तथा बालबालिका हिंसाका ३७ घटना भएका छन् । वैशाखदेखि हालसम्म उक्त घटना भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लामा...

अनलाइनबाट विद्यार्थी भर्ना लिइने
-न्युजभित्तो

चितवन, २८ जेठ । विद्यालयहरुले अनलाईन मार्फत भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार यहाँ रहेका सबै विद्यालयहरुले असार १ गतेदेखि भर्ना प्रक्रिया शुरु गर्न लागेका हुन् । कार्यालय प्रमुख भूमिलाल सुवेदीका अनुसार...

चैते धान भित्र्याउन किसानलाई चटारो
-न्युजभित्तो

दुर्गा देवकोटा टीकापुर, २८ जेठ । कैलालीको भजनीका किसानलाई यतिखेर चैते धान भित्र्याउने चटारो छ । कैलालीका किसान फागनु, चैत महिनामा रोपेको धान घर भित्र्याउने कार्यमा व्यस्त छन् । भजनीका किसान एकातिर धान भित्र्याउँदै छन् भने अर्कोतर्फ बर्खे धान रोप्ने...

दाङको तुल्सीपुरमा गोली चल्यो, एक युवक पक्राउ
-न्युजभित्तो

 बुटवल,२८ जेठ। दाङको तुल्सीपुरमा कुलोको विषयमा भएको विवादमा एक युवकले गोली चलाएका छन् । गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका-८ का पूर्णबहादुर वली पक्राउ परेका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए । प्रहरीले उनीसँग भएको पेस्तोल र ६...

नर्भिकको ओपिडी आइतबारदेखि सञ्चालनमा आउने
-न्युजभित्तो

काठमाडौँ, २८ जेठ  । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले बन्द रहेको ओपिडी सेवा आगामी आइतबारदेखि पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ । कोभिड—१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपिडी सेवा बन्द गरेको थियो । पछिल्लो...

सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान
-न्युजभित्तो

विराटनगर, २८ जेठ । कोभिड–१९ को महामारीबीच अग्रपङ्तिमा रहेर खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । माइती नेपाल मोरङले नेपाल पत्रकार महासङ्घ मोरङमा आबद्ध पत्रकारको सुरक्षा र सहजताका लागि सर्जिकल मास्क, ग्लोब्स र सेनिटाइजरलगायत सामग्री प्रदान गरेको छ...

ताप्लेजुङका २९ आयोजनामा बजेट विनियोजन
-न्युजभित्तो

फुङ्लिङ, २८ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आगामी आर्थिक वर्ष २०७८-७९ योजनामा ताप्लेजुङका २९ वटा आयोजना समेटिएको छ । छनोट भएका आयोजनाहरुमा मन्त्रालयले आवश्यक बजेट समेत विनियोजन गरेको छ । नागरिक उडड्यन प्राधिकरणमार्फत सुकेटार विमानस्थल जग्गा अधिग्रहणको...

कर्मचारीद्वारा कोभिड अस्पताललाई सहयोग
-न्युजभित्तो

भोजपुर, २८ जेठ । षडानन्द नगरपालिकामा सञ्चालित अस्थायी कोभिड अस्पताललाई वडा कार्यालयका कर्मचारीले सहयोग सङ्कलन गरी विविध सामाग्री हस्तान्तरण गरेका छन् । अस्पताललाई पाँच शय्या, दुई व्हीलचेयर, २५ पिपिइसेट र एडल्ट डायपर १०० थान अस्पताललाई कर्मचारीले सहयोग गरेका हुन् ।...