सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संरक्षणका अभावमा राजरङ्गशाला प्रयोगविहीन


  •    न्युजभित्तो/२८ जेष्ठ २०७८, शुक्रबार १५:०७ 
  • राजविराज, २८ जेठ । सप्तरीको राजविराजस्थित राजरङ्गशाला संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको छ । पछिल्लो समय रङ्गशालाको पर्खाल ठाउँ–ठाउँमा भत्किएको छ भने प्रवेशद्वारसमेत खुला रहेकाले रङ्गशाला बटुवाहरुको खुला शौच गर्नेस्थल बनेको छ । भएका संरचना समेत जीर्ण हुँदै गएपछि अहिले रङशाला गौचरणमा परिणत भएको छ ।

    रङ्गशालाको पूर्वी भागको प्याराफिटमुनि करिब २० विपन्न परिवारले बारेर कोठा बनाई प्रयोग गर्दै आएका छन् । स्थानीय स्तरका विभिन्न खेलकूद प्रतियोगिताको आयोजना हुँदै आएको यो रङ्गशाला औद्योगिक मेला र राजनीतिक दलको सभा गर्ने स्थलको रुपमा समेत विकास हुन थालेको छ । तर यसको मर्मत, सम्भार र सुरक्षातर्फ सम्बन्धीत निकायले चासो देखाउन सकेको छैन् ।

    सात हजार दर्शक अटाउने क्षमता भएको प्याराफिटसमेत जीर्ण हुँदा कसैको ध्यान नगएको सप्तरी क्रिकेट सङ्घका अध्यक्ष आयुष श्रेष्ठले बताउनुभयो । राजरंगशालाको जिर्ण प्याराफिटको तलो भागमा करिब दुई दर्जन परिवार बसोबास गरेको हुनाले राष्ट्रिय स्तरको खेलकुद गर्न पनि समस्या हुने गरेको सप्तरी क्रिकेट संघका अध्यक्ष श्रेष्ठको भनाई छ ।

    अहिले रङ्शाला खेलाडीले खेल खेल्ने नभई गाई बस्तु चराउने र घाँस काट्ने स्थानका रुपमा परिणत भएको उहाँको भनाइ छ । राजविराज नगरपालिकाले २१ वर्ष अघि नै जिल्ला खेलकूद विकास समितिलाई यसको स्वामित्व हस्तान्तरण गरिसकेको भएपनि समितिले यसको मर्मतसम्भार र संरक्षण गर्न नसकेको आरोप नगरवासीको छ ।

    रङ्शालाको अतिक्रमित स्थान पनि समितिले खाली गराउन कुनै पहल नगरेको बताइएको छ । समितिका कार्यालय प्रमुख दिनेश भुजेलले रङ्शालाको अतिक्रमित स्थान र प्याराफिटमुनी बस्दै आएकाहरुलाई खाली गराउन पटक पटक सूचना जारी गरेपनि नटेरेको बताउनुभयो ।

    जीर्ण अवस्थामा पुगेको प्याराफिट भत्केर कुनै बेलापनि ठूलो दुर्घटना हुन सक्ने भन्दै पटक पटक त्यहाँको बस्ती खाली गराउन जादाँ दुर्घटना भए हामी आफंै जिम्मेवार हुनेछौं भनेर त्यहाँका बासिन्दाले जबाव फर्काउने गरेको उहाँको भनाइ छ ।

    २०३६ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पालामा निर्माण भएको राजरङ्गशाला मुलुककै पुराना रंगशालामध्ये मानिन्छ । दुई विगहा ७ कठ्ठा १३ धुर क्षेत्रफलमा रहेको रङ्गशालामा कूल ७ हजार दर्शकको क्षमता भएको प्याराफिटसमेत रहेको छ ।

    आवश्यक रेखदेख र संरक्षण नहुँदा वर्षायाममा रङ्गशाला जलमग्न हुने गरेका छन् । स्थानीयवासी रामकुमार यादवले भन्नुभयो, “ढल व्यवस्थापन र पानीको निकास नहुँदा वर्षायाममा खेलमैदान पानी नै पानीले भरिएको हुन्छ । तर यसप्रति कसैको ध्यान जानसकेको छैन् ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.