राष्ट्रिय

संसद् सचिवालयमा दर्ता भयो प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव
-न्युजभित्तो

काठमाडौं,३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ । कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख मार्फत...

महिना दिनसम्म त्रिपालमा मनाङका बाढी प्रभावित
-न्युजभित्तो

मनाङ, ३ साउन । गत जेठ ३१ रातिदेखि मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले असार १ गते हिमाली जिल्ला मनाङको तल्लो भाग डुबानमा पयो । जिल्लाको प्रवेशद्वार नासों गाउँपालिका–१ तालगाउँ पूर्णरूपमा डुबानमा परेपछि गाउँ नै विस्थापित भएको छ । नासोंका धेरै...

‘निषेधाज्ञा मात्रै खुकुलिएको हो, कोरोना सङ्क्रमण घटेको छैन’
-न्युजभित्तो

पाँचथर, ३ साउन । कोरोना भाइरस सङ्क्रमणको जालो तोड्न भन्दै जारी गरिएको निषेधाज्ञा पाँचथरमा विगत ६८ दिनदेखि निरन्तर छ । हालसम्म नौपटक थप गरी निषेधाज्ञालाई निरन्तरता दिइए पनि कोरोना सङ्क्रमण भने घट्न सकेको छैन । यति लामो समयको निषेधाज्ञामा पनि...

भ्रूणहत्या आरोपमा २६ वर्षीया युवती पक्राउ
-न्युजभित्तो

बलेवा, ३ साउन । अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक युवती पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया युवतीमाथि चार महिनाको भ्रूण हत्या गरेर बारीमा गाडेको आरोप लागेको हो । ती महिलाले औषधि सेवन गरेर...

अदालतको निर्णयलाई साह्रै गम्भीरतापूर्वक उठाउँछौँः प्रमुख प्रतिपक्ष
-न्युजभित्तो

काठमााडौं, ३ साउन । सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसद्को अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँबानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको मतको छिनोफानो भई...

खेत जोत्ने क्रममा ट्याक्टर पल्टींदा चालकको मृत्यु
-न्युजभित्तो

चितवन, ३ साउन ।खेत जोत्ने क्रममा ट्याक्टर पल्टींदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ५ कैलाशनगरका ३४ बर्षिय सन्दीप मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ८ वजे स्थानीय चन्द्र...

एमाले स्थायी कमिटीको बैठक ११ वजे वस्दै
-न्युजभित्तो

काठमाडौं, ३ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको हो । दोस्रो पटक पुनर्स्थापना भएको प्रतिनिधि सभाको बैठक पनि आज अपराह्न ४ बजे...

पुनःस्थापित प्रतिनिधि सभाको बैठक आज
-न्युजभित्तो

काठमाडौं, ३ साउन । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसदको आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने लागेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक...

आज जनकपुर–जयनगर रेलको ट्र्याकको गति परीक्षण गरिने
-न्युजभित्तो

धनुषा, ३ साउन । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार...

ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु
-न्युजभित्तो

चितवन, २ साउन । पूर्वी चितवनको खैरहनीमा ट्याङ्करको ठक्करबाट एकजनाको मृत्यु भएको छ । अर्का एक जना घाईते भएका छन् । इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर १० की २२ वर्षिया सिर्जना चौधरी रहेकी...