राष्ट्रिय

गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ६ जना घाइते
-न्युजभित्तो

तम्घास,२९ असोज । गुल्मीको रेसुंगा नगरपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दशैं मनाउन बुटवलबाट सदरमुकाम तम्घासतर्फ जाँदै गरेकाहरु दुर्घटनामा पर्दा गुल्मीको मुसिकोट नगरपालिकाका दुई महिला र एक पुरुषको मृत्यु भएको...

राष्ट्रपति भण्डारीद्वारा विश्व हात धुने दिवसको शुभकामना
-न्युजभित्तो

काठमाडौं,२९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व हात धुने दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले विश्व हात धुने दिवस १५ अक्टोबरका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकामा स्वच्छ र स्वस्थ जीवनका...

आज विजयादशमी, टीका थाप्ने प्रभावशाली समय बिहान १०ः०२ बजे
-न्युजभित्तो

काठमाडौँ, २९ असोज। नेपालीहरूको महान् चाड बडादसँैको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि...

नेपालमा ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं,२८ असोज । नेपालमा थप ४ सय ५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसमध्ये सबैभन्दा धेरै काठमाडौँमा...

मुगु दुर्घटनाः प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन
-न्युजभित्तो

कर्णाली, २८ असोज । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर...

बडादसैँले आपसी सद्भाव कायम गरी भ्रातृत्वको भावना जगाउँछ ः मुख्यमन्त्री भट्ट
-न्युजभित्तो

कञ्चनपुर, २८ असोज । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधताले भरिपूर्ण सुदूरपश्चिम प्रदेशवासीहरुलाई बडादसैँले एकताको सूत्रमा आबद्ध गरी विविधताका बीच एकता कायम गर्ने बताउनुभएको छ । प्रदेशवासीका नाममा आज शुभकामना सन्देश जारी गर्दै उहाँले...

नेपाली फुटबल टोलीलाई राष्ट्रपति भण्डारीको बधाई
-न्युजभित्तो

काठमाडौँ, २८ असोज  । राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली फुटबल टोलीलाई बधाई दिनुभएको छ । उहाँले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथमपटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकामा नेपाली...

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै
-न्युजभित्तो

काठमाडौँ, २८ असोज । नवरात्रको नवौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ देवीअर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक...

नारायणगढ–बुटवाल सडकखण्ड : धमाधम विद्युत्को पोल हटाईँदै
-न्युजभित्तो

काठमाडौँ, २७ असोज । नारायणगढ–बुटवल सडक निर्माणले गति लिने भएको छ । विगतमा यहाँका संरचना हटाउन लामो समय लागेकाले प्रगति न्यून देखिए थियो । अहिले ती संरचना हटिसकेकाले कामले गति लिने जनाइएको छ । अहिलेसम्म जम्मा आठ प्रतिशत भौतिक प्रगति...

आज बडादसैँको आठौँ दिन महाअष्टमी पर्वः महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा
-न्युजभित्तो

चितवन,२७ असोज । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा...