सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

करेन्ट लागेर एकाघरका चार जना गम्भीर घाइते


  •    न्युजभित्तो/४ कार्तिक २०७८, बिहीबार १४:३० 
  • राजविराज, ४ कात्तिक । राजविराज नगरपालिका–६ करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नै घरका छतमा झुण्डिएको होडिङ बोर्ड हटाउने क्रममा करेन्ट लाग्दा ४० वर्षीय शिवनारायण साह सहित उनका ३५ वर्षीया पत्नी सन्तोषी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र १८ वर्षीय भतिजो रक्षित साह घाइते भएका हुन् ।

    प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले घाइतेको गजेन्द्रनारायणसिंह अस्पतालमा उपचार भइरहेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

    बेपत्ता भएका युवक अझै भेटिएन

    अविरल वर्षासँगै जिता खोलामा आएको बाढीले हनुमाननगर कङ्कालिनी नगरपालिका– १४ बाट खोला तर्ने क्रममा बेपत्ता एक युवक अझै भेटिएका छैनन् । हनुमाननगर कङ्कालिनी–९ का २३ वर्षीय लालु मण्डल बेपत्ता भएको र उनको खोजी जारी रहेपनि प्रनाउ काफ्लेले जानकारी दिनुभयो ।

    बुधबार कङ्कालिनी –१४ बैरिया घाटस्थित रहेको जिता खोलाको भत्केको पुलबाट रम्पुरा मल्हनियातर्फ जाने क्रममा खोलाले उनलाई बगाएको थियो । त्यस्तै मण्डलसँगै खोलामा बगेका सोही ठाउँका २८ वर्षीय सञ्जीवकुमार मण्डल भने खोला तरेर कटानबाट बच्न सफल भएको जनाइएको छ ।

    बाढीले डेढसय घर डुबानमा

    दुई÷तीन दिन लगातारको अविरल वर्षाका कारण जिल्लाको विभिन्न खोलमा आएको बाढीले १५० घर डुबानमा परेका छन् ।वर्षासँगै आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–३ स्थित सकरपुरा टोल जाने मुख्य सडकको करिब १५ मिटर भाग बगाउँदा आवतजावतमा समस्या भएको गाउँपालिकाको विपद् व्यवस्थापन अधिकृत राजेश झाले राससलाई जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो,“तिलाठी कोइलाडी–५ स्थित बर्साइनमा जिता नदीको बाढीले बाँध भत्काउँदा ५० घर डुवानमा परेका छन् । स्थानीय राष्ट्रिय प्राथमिक विद्यालयमा पनि पानी पसेको छ ।”

    सोही गाउँपालिकाकै– ४ कोइलाडीस्थित भीमा नदीको बाढीले समेत पुलको दक्षिणतर्फको विङवालमा क्षति पुगेको छ । सो वडाको चट्टी टोल, तेलियारीमा समेत जिता नदीको बाढी पसेको जानकारी दिँदै बाढीका कारण यहाँ भएको झोलुङ्गे पुलबाट आवतजावत गर्न समस्या उत्पन्न भएको बताउनुभयो ।

    तिलाठी कोइलाडी –८ तोपास्थित उत्तरतिरको टोलमा समेत पानी पसेर घर डुवान भएको बताइएको छ । यस्तै हनुमानगर कङ्कालिनी र राजविराज नगरपालिका क्षेत्र समेत डुबानमा परेको पाइएको छ । सो क्षेत्रमा रहेका नदी तथा खोलामा आएको बाढी बस्तीमा बाढी पस्दा बस्ती नै जलमग्न भएका छन ।

    हनुमाननगर कङ्कालिनी–३ पोर्ताहास्थित महुली खोलाको बाढीले महुली पुलदेखि पूर्व करिब २० मिटर बाँध भत्काएर बाढी बस्तीमा पस्दा २५ घर डुबानमा परेको छ । सदरमुकाम राजविराज नगरपालिकाको विभिन्न वडामा बाढी र वर्षाको पानीले डुबान गरेको छ ।

    राजविराजस्थित सरकारी वकील कार्यालय, जिल्ला अदालतसहितका कार्यालयमा पानी पसेको छ भने सिरहा रोड, खर्साल टोलसहितका ठाउँमा बाढीको भेल बगिरहेको छ । निरन्तरको वर्षाले आएको बाढीले सप्तरीमा आठ चौपाया बगाएको छ । प्रहरीका अनुसार सप्तकोशी नगरपालिका– ९ स्थित कोसी टप्पु वन्यजन्तु आरक्षमा गाईबस्तु चराएर फर्किने क्रममा पौडाहा खोलामा आएको बाढीले ती चौपाया बगाएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.