सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेमौसमी वर्षाको असर : आन्तरिक पर्यटकको विजोग


  •    न्युजभित्तो/४ कार्तिक २०७८, बिहीबार १३:१४ 
  • म्याग्दी, ४ कात्तिक । परिवारसँगै मुस्ताङ भ्रमणमा जानुभएका सुनसरीका उद्धव अधिकारीलाई बेनी–जोमसोम सडक पार गर्न २० घण्टा लाग्यो । सामान्य अवस्थामा ७६ किलोमिटर दूरीको यो सडक पार गर्न चारदेखि पाँच घण्टा लाग्दथ्यो । मङ्गलबार बिहान जोमसोमदेखि हिँडेका उहाँको टोली बुधबार राति बेनी आएको थियो ।

    “मुस्ताङ घुम्दा जति रमाइलो सडकमा पाएको पीडा र सास्तीले बिर्सायो,” उहाँले भन्नुभयो, “लगातारको वर्षा र जीर्ण सडक अवस्थाले मुस्ताङ यात्रा दुखदायी बन्यो ।” पहिरोग्रस्त रुप्सेछहरा, काभ्रे, बाँदरजुँगभीर र राहुघाट क्षेत्रमा सवारी जाम हुँदा हजारांै यात्रुले दैनिकजसो सास्ती पाएका छन् । साँघुरा र हिलाम्मे सडकमा गाडी फसेपछि दुईतर्फी गाडी आवतजावत हुन सक्दैनन् ।

    मुस्ताङ भ्रमणबाट फर्किएका नुवाकोटका अच्युत ढकालले राहुघाटको पहिरोमा ११ घण्टा जाममा फसेर सास्ती पाएको दुखेसो पोख्नुभयो । “जोखिमयुक्त ठाउँमा नियमित मर्मत र सवारी आवतजावतको व्यवस्थापन नमिलाउँदा मुस्ताङ जाने आउने पर्यटकको विजोज भएको छ,” ललितपुरका दीपक विष्टले भन्नुभयो, “फसेको गाडी तान्न रु एक हजार तिर्नुप¥यो । होटल व्यवसायीले अप्ठ्यारो अवस्थाको मौका छोपेर महँगोमा खाजा, खाना बेचेका छन् ।”

    दसँै लगत्तै म्याग्दी र मुस्ताङको प्राकृतिक सौन्दर्यमा रमाउन आएका पर्यटकले बेनी–जोमसोममा पाएको दुःखले म्याग्दीको बारेमा नकारात्मक सन्देश प्रवाह गराएको छ । बेनी–जोमसोम सडकको सबैभन्दा जटिल भाग मानिने दाना–घाँसा ५ किमी सडकखण्डमा मनसुन रोकिएपछि यातायात केही सहज भएको थियो ।

    मुस्ताङ भ्रमणमा साना गाडी र मोटरसाइकलमा आउने यात्रुको दैनिक भीड लाग्ने गरेको थियो । ‘‘दसैँको बिदामा रमाइलो गर्न आएको कहिल्यै नपाएको दुख पाइयो,’’ पोखराका तिलक पौडेलले भन्नुभयो ‘‘राहुघाट र काभ्रेको जाममा फस्दाको पीडा मुस्ताङ उक्लेपछि भने बिर्सने रहेछ ।’’

    ‘‘मनसुन सफा नभइ मुस्ताङ आउने हतारो नगरौं,’’ विराटनगरका हरि शर्माले भन्नुभयो,‘‘बेनी–जोमसोम सडकको यात्रा कष्टकर मात्र होइन, जोखिम पनि उस्तै छ ।’’ बेनी–घाँसा खण्डको राहुघाट, चमेरे, महभीर, गुइँठे, काभ्रे र बाँदरजुँगभीरमा सडक हिलाम्मे छ । सडक विस्तार गर्ने क्रममा भित्ता डोजरले खनेर छोडेकोले माथिबाट ढिस्कोसहित खसेपछि हिलाम्मे बनेको हो । रुप्से र बेगखोलामा बाढी आउदा सवारीसाधन आवतजावत गर्न सक्दैनन् ।
    एकतर्फी यातायात सञ्चालन हुने पहिरोग्रस्त र जोखिमयुक्त ठाउँको सडकमा ठूला बस र फसेपछि ट्राफिक व्यवस्थापनमा समस्या भएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले जानकारी दिनुभयो । सीमित प्रहरी र स्थानीयवासीले मात्र जाम खुलाउन समस्या भएको उहाँले बताउनुभयो ।

    बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डलाई ४ प्याकेज बनाइ नाली, ७ मिटर पिचसहित १० मिटर चौडा सडक निर्माण गर्न रु दुई अर्ब ४९ करोड लागतमा सडक विस्तारको काम गरिरहेको छ । विसं २०७६ मा निर्माण सकिनुपर्ने यो सडकको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको छ ।

    आयोजनाका ठेकेदार शर्मा–युनाइटेड, ओमकार्यश्वर र शर्मा–गजुरमुखीले स्काभेटर तयारी अवस्थामा राखेर सडकमा नियमित यातायात सञ्चालनको पहल गरेपनि निरन्तरको वर्षा, प्रतिकूल भूगोल र सवारीसाधनको अत्याधिक चापले समस्या भएको जनाएका छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.