सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माओवादीले तोक्यो ३२ विभागका प्रमुख


  •    न्युजभित्तो/४ कार्तिक २०७८, बिहीबार १२:५१ 
  • काठमाडौँ, ४ कात्तिक । नेकपा (माओवादी केन्द्र)ले विभाग र प्रतिष्ठानको प्रमुखको टुङ्गो लगाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुङ्गो लगाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

    अर्थ तथा योजना विभागका प्रमुखमा वर्षमान पुन रहनुभएको छ । यस्तै उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभागका प्रमुखमा मातृकाप्रसाद यादव, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, कोष तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, खानेपानी तथा सरसफाइ विभागको प्रमुखमा बिना मगर रहनुभएको छ ।

    यस्तै जलस्रोत, सिँचाइ तथा ऊर्जा विभागमा लीलामणि पोखरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, कानुन, न्याय तथा मानवअधिकार विभागमा मुक्ति प्रधान, पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभागमा झक्कुप्रसाद सुवेदी, प्रचारप्रसार तथा प्रकाशन विभागमा कृष्णबहादुर महरा, प्रादेशिक मामिला विभागको प्रमुखमा परशुराम तामाङ रहनुभएको छ ।

    स्कुल विभागमा प्रमुख गिरिराजमणि पोखरेल तोकिनुभएको छ । स्कुल विभागको इन्चार्जमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनुभएको छ । पुस्तकालय तथा अभिलेख विभागमा नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागमा हरि अधिकारी, युवा तथा खेलकुद विभागमा गणेशमान पुन, राजकीय मामिला तथा सुशासन विभागमा रेखा शर्मा, वन तथा वातावरण विभागमा शक्ति बस्नेत, विज्ञान तथा प्रविधि विभाग गणेश साह र विदेश मामिला विभागमा नारायणकाजी श्रेष्ठ रहनुभएको छ ।

    यस्तै शिक्षा तथा मानव स्रोत विभागमा मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभागमा रामेश्वर राय यादव, सङ्गठन विभागमा जनार्दन शर्मा, सङ्घीय संसदीय विभागमा देवप्रसाद गुरुङ, समाज कल्याण विभागमा सत्या पहाडी, सहकारी तथा गरिबी निवारण विभागमा धर्मदत्त देवकोटा, सहरी विभागमा देवेन्द्र पौडेल, सामान्य प्रशासन विभाग टेकबहादुर बस्नेत, साहित्य, कला तथा संस्कृति विभागमा गोपाल ठाकुर, स्थानीय तथा विकास विभागमा उर्मिला अर्याल र स्वास्थ्य तथा जनसङ्ख्या विभागमा कल्पना धमलालाई संयोजक तोकिएको प्रवक्ता महराले जानकारी दिनुभयो ।

    सबै विभागमा बढीमा ३५ जना सदस्य रहनेछन् । बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको पनि गठन गरेको छ । प्रतिष्ठानको अध्यक्षमा रामचन्द्र झा हुनुहुन्छ । विपद् व्यवस्थापन विभाग गठन गर्न बाँकी रहेको उहाँले बताउनुभयो । बैठकले डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय सम्पर्क समितिसमेत गठन गरेको छ । राजधानीमा रहेका विभिन्न प्रदेशका पार्टी सदस्यलाई सङ्गठित गर्ने उद्देश्यले सम्पर्क कमिटीको गठन गरिएको उहाँले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.