सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘नेपाल–भारत साहित्योत्सव’ कात्तिक २७ –२८ मा


  •    न्युजभित्तो/२३ कार्तिक २०७८, मंगलवार १०:१२ 
  • काठमाडौँ, २३ कात्तिक । कविडाँडा साहित्य समाज, चितवनले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सवका अवसरमा यही कात्तिक २७ र २८ गते चितवनको सौराहामा ‘नेपाल–भारत साहित्योत्सव’ आयोजना गर्ने भएको छ ।

    उत्सवका लागि भारत र नेपालबाट गरी करीब १०० आवासीय र ठूलो सङ्ख्यामा गैरआवासीय अतिथिको सहभागिता रहने छ । कार्यक्रमका लागि भारतका मणिपुर, असम, सिक्किम, दार्जिलिङ, डुअर्स, मिरिक, सिलिगुढी र दिल्लीबाट साहित्यकार आउँदैछन् ।

    कार्यक्रममा नेपाल र भारतका अध्येताबाट विभिन्न विषयमा ६ कार्यपत्र प्रस्तुत हुने तथा द्विपक्षीय साहित्यिक सरोकारका दुई विषयमा परिचर्चा तथा सबै सहभागीबाट रचना वाचनका कार्यक्रम हुने समाजका अध्यक्ष एलबी क्षेत्रीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । सो अवसरमा नेपालका वरिष्ठ कवि मुकुन्दशरण उपाध्याय, कथाकार एवं नियात्राकार इल्या भट्टराई तथा भारतीय नेपाली कवि मनप्रसाद सुब्बालाई विशेष सम्मान गरिने एवं साहित्यकार श्रवण मुकारुङलाई कविडाँडा सुवर्ण–तुलसीकाव्य पुरस्कार २०७८ प्रदान गरिने कार्यक्रम छ ।

    यसैगरी आख्यानकार श्याम शाह, गायत्री अधिकारी र शान्ति शर्मा, युवा सर्जक जीवन निर्दोष तथा समालोचक एवं निबन्धकार डिआर शर्मालाई विभिन्न विधामा योगदानका लागि कविडाँडा साहित्य सम्मान तथा देव–खिना पुरस्कारबाट पुरस्कृत गरिँदैछ । यसै अवसरमा समाजले आयोजना गरेको राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८ का विजेतालाई पनि पुरस्कृत गरिने कार्यक्रम छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.