सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँसको सामग्री बनाउन व्यस्त मरिक समुदाय


  •    न्युजभित्तो/२२ कार्तिक २०७८, सोमबार १४:३३ 
  • इनरुवा, २२ कात्तिक । सुनसरीमा छठपर्वलाई लक्षित गरेर बाँसको सामग्री बनाउन मरिक समुदायका मानिस व्यस्त भएका छन् । यही कात्तिक २४ गते हुने आस्था र निष्ठाको पर्व छठ आउन केही दिन मात्र बाँकी छदै उनीहरु छठमा प्रयोग हुने बाँसका विभिन्न सामग्री बनाउन व्यस्त बनेका हुन् ।

    सुनसरीको इनरुवा– २ का बस्तीदेखि हरिनगरा गाउँपालिकाको रामनगर भुटहासहितका मरिकले दिनरात बाँसको सामग्री बनाउन व्यस्त छन् । उनीहरुले छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्लोलगायतका बाँसका सामग्री बनाउन सक्रिय रहेको सो समुदायका वीरेन्द्र मरिकले बताउनुभयो । छठ नजिएको बेला बाँसको सामग्रीको माग अत्यधिक हुने गरेको र त्यो बेला बनाउनका लागि भ्याइनभ्याइ हुने भएकाले अघिदेखि नै आफूहरु त्यस्ता सामग्री बनाउन लागेको उनीहरुको भनाइ छ । गाउँगाउँबाट अहिले नै बाँस किनेर ल्याई छठमा प्रयोग हुने सामग्री बनाउन लागेको गीता मरिकले बताउनुभयो ।

    छठपर्वमा बाँसकै सामग्री बढी मात्रामा आवश्यक पर्छ । बाँसको साम्रगी अरु बेला कमै मात्र बिक्री हुने गर्छ । हरिनगरा र भुटहाबाट रु १५० देखि ३०० सम्ममा बाँस खरिद गरी सामग्री बनाइ स्थानीयवासीलाई बेच्न आफूहरु लागिपरेको राधे मरिकले बताउनुभयो । यता भुटाहाका मरिक लौकही, श्रीपुर, मध्यहर्षाही भोक्राहा, इनरुवा, डुम्राहा र झुम्काका मरिकसमेत छठ लक्षित बाँसको सामग्री बनाइरहेका छन् । मरिक समुदायको जीवनस्तर उकास्न बाँसको सामग्री नभइकन त्यसको विकल्प वा व्यावसायीकरणमा ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.