राष्ट्रिय

आज तीन हजारले बढेर सुनको मूल्यले कायम गर्‍यो नयाँ रेकर्ड
-न्युजभित्तो

काठमाडौँ, २८ भदौ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । हिजो (बिशीबार) एक सयले घटेको सुन आज (शुक्रबार) एकैदिन तोलामा तीन हजारले बढेर नयाँ रेकर्ड कायम गरेको छ । योसँगै आज सुनको भाउ अहिलेसम्मकै उच्च...

वायुसेवा निगमको जहाज इटलीबाट काठमाडौं ल्याइयो
-न्युजभित्तो

काठमाडौं, २७ भदौ । २२ जुनमा सीचेक (हवाईजहाजको प्राविधिक जाँच) का लागि इटाली पठाइएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० नाइन एन–ए.एल.वाई आज काठमाडौंमा अवतरण गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाज आज बिहान ८ः३६ मा...

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा
-न्युजभित्तो

काठमाडौँ, २६ भदौ । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज (बुधबार) हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत भदौ २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन...

ऋषिपञ्चमीका अवसरमा राजधानीका नदी किनारमा स्नान गर्ने महिलाको भीड
-न्युजभित्तो

काठमाडौँ, २३ भदौ । नेपाली नारीको पर्व तीजअन्तर्गत ऋषिपञ्चमी पर्वका अवसरमा राजधानीका वाग्मती, विष्णुमती, रुद्रमती, मनमतीलगायत नदी किनारका मुहानस्थलमा स्नान गर्ने महिलाको भीड लागेको छ । महिलाले वर्षमा एकपटक आजका दिनमा सकेसम्म नदी, ताल, तलाउ, पोखरी जस्ता स्थानमा स्नान गर्नुपर्ने...

युक्रेनसँग वार्ता गर्न रुस तयार छ– पुटिन
-न्युजभित्तो

मस्को, २० भदौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनसँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ । यसअघि कुर्स्क क्षेत्रमा किएभको आक्रमण जारी रहेको बेला वार्ताको विचारलाई उहाँले अस्वीकार गर्नुभएको थियो । युक्रेनले अगस्टमा रुसको कुर्स्क क्षेत्रमा अभूतपूर्व सीमा पार...

हेर्ने कथाका पात्र ‘प्रकाश तामाङ’ को घर निर्माण सुरु
-न्युजभित्तो

टक्सार (भोजपुर), २० भदौ । युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरु’ का पात्र प्रकाश तामाङका लागि घर निर्माण थालिएको छ । प्रकाशको घर बनाउन शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो । भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा प्रकाशका लागि निर्माण गर्न...

चेपाङ बालबालिकालाई लट्टे
-न्युजभित्तो

चितवन, २० भदौ ।  चौध वर्षीया नमिता चेपाङले पहिलो पटक लट्टेको स्वाद लिँदै गर्दा उहाँलाई यो परिकार नौलो लाग्यो । जिल्लाको पहाडी क्षेत्र सिद्धिबाट रत्ननगर नगरपालिका–११ मा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रमा बसेर कक्षा ४ मा पढ्दै गर्नुभएकी नमिताले...

काठमाडौंको सुन्दरीजलमा महिलाको शव फेला
-न्युजभित्तो

काठमाडौं, २० भदौ । काठमाडौं सुन्दरीजलमा एक जनाको शव भेटिएको छ। गोकर्णेश्वर नगरपालिका–१ को सुन्दरीजलको बोक्सेदहमा बिहीबार बिहान ९ बजे ढुंगामा च्यापिएको अवस्थामा एक महिलाको शव भेटिएको हो। प्रहरी वृत्त बौद्धका इन्स्पेक्टर चन्द्र अधिकारीका अनुसार‍ बिहान ९ बजे महिलाको शव...

सरकारको सबै शर्त मान्न टिकटक तयार, प्रतिबन्ध हट्दै
-न्युजभित्तो

काठमाडौं, २० भदौ । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका छन् । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेका छन् । टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा...

काठमाडौँ महानगरपालिकाद्वारा पलेशालाई नगद पाँच लाखसहित सम्मान
-न्युजभित्तो

काठमाडौँ, १९ भदौ ।  काठमाडौँ महानगरपालिकाले पेरिस पारालिम्पिक, २०२४ मा कास्य पदक प्राप्त गर्ने पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई रु पाँच लाख नगदसहित सम्मान गरेको छ । महानगरपालिका कार्यालय काठमाडौँ प्लाजामा आज आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन०ले...