सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गोकर्णेश्वरमा महिलाको हत्या गरेर बागमतीमा फालियो शव, ५ जना पक्राउ


  •    न्युजभित्तो/२५ फाल्गुन २०८१, आईतवार १८:४५ 
  • काठमाडौं ,२५ फागुन । गोकर्णेश्वरमा एक महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको भेटिएको छ ।

    हत्या आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती ढुंगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको तिपिने घर भएकी २० वर्षीया पूजा परियार र एक नाबालक छन् ।

    उनीहरुलाई प्रहरी वृत्त बौद्धको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

    शनिबार मध्यान्ह करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा पानीमा डुबेको अवस्थामा एक महिला मृत भेटिएकी थिइन् । बारोमा प्याक गरेको अवस्थामा अन्दाजी ३५ वर्ष जतिकी महिलाको शव फेला परेको सूचना प्रहरीले पाएको थियो ।

    प्रहरीले उक्त शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर घटनाबारे अनुसन्धान अघि बढाएको थियो । सो क्रममा ती महिलाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । उनीहरुबाट हत्या गरिएकी महिलाको सनाखत भने हुन सकेको छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.