सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठमाडौंमा उच्च सुरक्षा सतर्कता, २५ सय प्रहरी परिचालन


  •    न्युजभित्तो/१४ चैत्र २०८१, शुक्रबार ११:३० 
  • काठमाडौं, १५ चैत । काठमाडौंका विभिन्न ठाउँमा आज हुने प्रदर्शनलाई ध्यानमा राखेर सरकारले सुरक्षाव्यवस्था कडा पार्ने भएको छ । गणतन्त्रवादी र राजतन्त्रवादीले एकै दिन काठमाडौंमा प्रदर्शन गर्ने भएपछि सरकारले सुरक्षा सतर्कता उच्च बनाएको छ । गृह मन्त्रालयले काठमाडौंमा सुरक्षा सतर्कता बढाएको बताएको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार, आज काठमाडौंमा २५ सयभन्दा बढी प्रहरी परिचालन गरिनेछ । “शुक्रबार हुने सम्भावित चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा योजना बनेको छ । आवश्यकताअनुसार थप प्रहरी पनि परिचालन गरिनेछ,” उनले भने । उनले घुसपैठ हुन नदिन सादा पोसाकका प्रहरी समेत परिचालन गरिनेछ । भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयमा ‘कमान्ड सेन्टर’ सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

    ट्राफिक व्यवस्थापनका लागि १८ सय प्रहरी परिचालन गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले दिएका छन् । राजावादीहरूको प्रदर्शनका लागि तीनकुने र गणतन्त्रवादीहरूका लागि भृकुटीमण्डप ठाउँ तोकिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.