सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस चौतारीको दशौँ महाधिवेशनको लोगोमा के के समेटिएको छ ?


  •    न्युजभित्तो/२२ फाल्गुन २०८१, बिहीबार १६:५४ 
  • काठमाण्डौं, २२ फागुन । प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक भएको छ । संगठनका अध्यक्ष गणेश बस्नेत र नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं चौतारी इन्चार्ज राजेन्द्र गौतमले लोगो आज एक कार्यक्रमबीच केन्द्रीय कार्यालयमा सार्वजनिक गर्नु भएको हो ।

    प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन नेकपा (एमाले) का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा चैत १० गतेदेखि १२ गतेसम्म कोशी प्रदेशको राजधानी विराटनगरमा हुनेछ ।

    “‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार” भन्ने नाराका साथ हुन लागेको महाधिवेशनको लागोमा कोशी प्रदेशका विभिन्न विषयवस्तु समेटिएका छन् । नेपालको गौरव र गरिमा कोशी प्रदेश (सोलुखुम्बु) मा विश्वको सर्बोच्च शिखर सगरमाथा अवस्थित छ । त्यसलाई लोगोमा समेटिएको छ । कोशी प्रदेश सूर्येदयको प्रदेश हो । सूर्येदयको दृश्य हेर्न इलामको श्रीअन्तुमा संसारभरिका पर्यटकहरु आउने गर्छन् । भनिन्छ, सूर्य पूर्वबाट उदाउँछ । त्यो लोगोमा समेटिएको छ ।

    नेपालको सबैभन्दा होचो भाग केचनाकवल कोशी प्रदेशको झापा जिल्लामा अवस्थित छ । त्यसको स्तम्भ चौतारीको दशौं महाधिवेशनको लोगोमा समेटिएको छ । खासगरी चराहरुको संरक्षणको केन्द्र हो, कोशी टप्पु वन्यजन्तु आरक्ष । यहाँ करिब ४९० प्रजातिका चराहरू यहाँ पाइन्छ । त्यसलाई लोगोमा समेटिएको छ ।

    भोजपुर, खोटाङ र सोलोखुम्बुको बीचमा पर्ने संस्कृति र सभ्यताको केन्द्र मुन्धुम ट्रेल, प्रकृति अनि इतिहासको केन्द्र कञ्चनजङ्घा, (ताप्लेजुङ), मकालु (संखुवासभा) भेडेटार–हिले (धनकुटा), धरान, विराटनगर लगायतका क्षेत्र धनकुटाको पर्यटकीय क्षेत्र हो । यो बिषय पनि लोगोमा समेटिएको छ ।

    संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगमस्थलमा छ गुराँसको राजधानी— तिनजुरे–मिल्के–जलजले (टिएमजे) । नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छ । टिएमजेमा मात्रै २८ प्रजातिका गुराँस पाइन्छ । त्यसलाई लोगोमा समावेश गरिएको छ । नेपालको चिया उत्पादनको मूख्य ‘चिया जोन’ कोशी प्रदेश हो । अहिले नेपालको कुल चिया उत्पादनमा कोशी प्रदेशको हिस्सा ९९ प्रतिशत छ । त्यसलाई पनि लोगोमा समावेश गरिएको छ ।

    चौतारीको दशैं महाधिवेशनले विधान संशोधन सहित नयाँ नेतृत्व चयन गर्नेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.