सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषक पाठशाला कार्यक्रम ओझेलमा परेको भन्दै सरोकारवालाले चिन्ता


  •    न्युजभित्तो/१५ चैत्र २०८१, शनिबार १८:५३ 
  • भरतपुर, १६ चैत । कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्ने एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक पाठशाला कार्यक्रम ओझेलमा परेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्ला एकीकृत शत्रुजीव व्यवस्थापन कृषक संघ चितवनको वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनमा बोल्दै सरकारको निती तथा कार्यक्रमको कारणले किसान लक्षित कार्यक्रम ओझेलमा परेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

    कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) कृषक संघ चितवनकी अध्यक्ष रमा ढुंगानाले नेपालको संविधान २०७२ जारीपछि राज्यको पुनर्संरचना र राज्यको नितीको कारण कार्यक्रम लथालिङ्ग भएको बताउनुभयो । तीन तहका सरकारले स्वस्थ बाली उत्पादन, वातावरण संरक्षण र मानव स्वास्थ्य जोगाउन गाउँ–गाउँ र टोल–टोलमा आईपीएम कृषक पाठशालाहरू सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यक्रम सञ्चालन गर्न तीनै तहका सरकारले एकअर्कालाई देखाउँदै पन्छिने प्रवृत्ति रहेको समस्या औल्याउनुभयो ।

    स्वस्थ बाली उत्पादनका कार्यक्रमहरू कमजोर बन्दा स्थानीय सरकारको ध्यानाकर्षण गराउन आईपीएम संघले पहल गरिरहेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा  कृषि विकास निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठले बजारमा उत्पादनको उपस्थितिलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आईपीएम प्रविधिबाट उत्पादित सामग्री बजारसम्म जोड्न नसक्दा कृषक पाठशाला सञ्चालन भए पनि त्यसको प्रभावकारिता नदेखिएको भनाइ राख्नुभयो ।

    उहाँले आईपीएम कार्यक्रमलाई प्रभावकारी बनाउन विभीन्न कार्ययोजना बनाइए पनि उत्पादनमा कमी भएको  बताउनुभयो । “आईपीएम प्रविधिबाट उत्पादित वस्तुको बजारिकरणमा हामी सहयोग गर्न तयार छौँ,” उहाँले भन्नुभयो ।

    कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले कृषिमा प्रविधिको प्रयोगसँगै बालीमा लाग्ने रोग र किराको नियन्त्रणका लागि व्यवस्थापनको कार्यक्रम पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । प्रविधीको हस्तान्त्रणसँगै किसानको लागि दिर्घकालीन फाइदा पुग्ने सीप क्षमता वद्धिको लागि किसान पाठशाला जस्ता कार्यक्रमको आवश्यकता औल्याउनुभयो । किसानको अपेक्षा अनुसार हाल वितरणमुखी कार्यक्रमहरू बढी सञ्चालन भइरहेको उहाँको भनाइ छ ।

    हाल चितवनको कृषि विकास केन्द्रले किसानको सीप र दक्षता विकासका लागि दुईवटा कृषक पाठशाला सञ्चालन गरिरहेको जानकारी दिनुभयो । बोटबिरुवामा लाग्ने रोग र किराको पहिचान र नियन्त्रणका लागि प्रविधिको प्रयोग गरी ‘प्लान्ट क्लिनिक’ सञ्चालन गर्ने कार्यक्रम पनि समेटिएको उहाँको भनाइ थियो ।

    दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष किशोर बगालेले कृषकले उत्पादन गरेका कृषि उपजलाई बजारीकरणमा राज्यले सहयोग गर्नुपर्ने धाराणा राख्नुभयो । उहाँले आइपिएम प्रविधीको उत्पादनलाई पनि बजारसम्म जोडेमा कार्यक्रमले सार्थकता पाउने आवश्यकता औल्याउनुभयो

    एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) चितवनकी संस्थाकी सल्लाहकार तथा क्याबि इन्टरनेशनलकी फोकल पर्सन रीता बस्ताकोटीले नेपालमा आईपीएम कार्यक्रम पहिले प्रभावकारी ढङ्गबाट सञ्चालनमा रहे पनि सरकारी नीति र प्राथमिकताका कारण ओझेलमा परेको भन्दै अब यसमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । आइपिएमले बालीको स्वस्थ उत्पादन र कृषकहरूको हकहितका लागि वकालत गर्दै आएको समेत उहाँले उल्लेख गर्नुभयो । उद्घाटन शत्रमा क्याबि इन्टरनेशनलसँगको सहकार्यमा तयार पारिएको डकुमेन्ट्री प्रस्तुत गरिएको थियो ।
    कार्यक्रममा  क्याबि  इन्टरनेशनलका डा. महेश एचएम, वरिष्ठ बाली संरक्षण अधिकृत डा. देवराज अधिकारीलगायत चितवन जिल्लाभरका आईपीएम तालिमप्राप्त कृषकहरू, सहजकर्ता र विभिन्न प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    • घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.