राष्ट्रिय

सुत्केरीपछि आमा र नवजात शिशुको मृत्यु
-न्युजभित्तो

सिमकोट, ९ माघ ।  जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ । सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको हो । अस्पतालका...

तनहुँमा ५४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
-न्युजभित्तो

दमौली,९ माघ । तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उनीहरुलाई कोरोना पुष्टि भएको हो। भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई सङ्क्रमण पुष्टि भएको छ। तीन चिकित्सक सहित अधिकांशलाई...

चितवन निकुञ्जमा बाघ सर्वेक्षणको काम सकियो
-न्युजभित्तो

चितवन, ९ माघ । राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ सर्वेक्षणको काम सकिएको छ । एउटै कम्प्लेक्स बनाएर गणना सुरु गरिएको पर्सा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा भने यही माघ तेस्रो साता सकिँदै...

१० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु
-न्युजभित्तो

कामाडौं, ८ माघ । पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण भएको छ भने १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २० हजार १८७ नमुना परीक्षण गरिएको थियो । १४ हजार ४६२...

स्रोत नखुलेको रु ५० लाखसहित पाँचजना पक्राउ
-न्युजभित्तो

जलेश्वर, ८ माघ । विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको रु ५० लाखसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले विगत पाँच दिनमा स्रोत नखुलेको रु ४६ लाख चार हजार...

मुख्यमन्त्री पोख्रेलद्वारा तनहँु जलविद्युत् आयोजना निरीक्षण
-न्युजभित्तो

 दमौली, ८ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले आज निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निरीक्षण गर्नुभएको छ । उहाँले नदी फर्काउने, बाँधलगायत पहिलो प्याकेजका संरचना निर्माणस्थल र निर्माणाधीन भूमिगत विद्युत्गृह, टेलरेस, सुरुङलगायत संरचना अवलोकन गर्नुभएको...

आइतबार देशभरका अदालतमा शोक बिदा
-न्युजभित्तो

 काठमाडौँ, ८ माघ । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकपछि आज जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च, उच्च र...

स्थानीय तहभन्दा पहिला संसदीय निर्वाचन हुन सक्दैनः संविधानविद् आचार्य
-न्युजभित्तो

काठमाडौं, ८ माघ । सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनको मिति तय गर्न संविधान तथा कानुनका जानकारसँग परामर्श गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले वैशाख १४ र २२ मा मिति प्रस्ताव गरे पनि सरकारले निर्णय लिन सकेको छैन । सत्ता...

जडान नहुँदै भत्कियो कणाली नदीको बेलिब्रिज
-न्युजभित्तो

खड्क सुनार, मुगु,८ माघ । हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने मुगु कणाली नदीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको बेलिब्रिज भत्किएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १,३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा...

सीमामा हेल्थडेस्क प्रभावकारी भएन
-न्युजभित्तो

बुटवल, ८ माघ । नेपाल–भारत सीमानाका बेलहियाबाट सङ्क्रमित भएका पनि निर्वाध आवतजावत गर्न थालेका छन् । कोरोनाको सङ्क्रमण रोकथाम गर्न सीमानाकामा सामान्य अस्थायी हेल्थडेस्क र होल्डिङ सेन्टर बनाइए पनि प्रभावकारी नभएका कारण त्यस्तो समस्या देखिएको स्थानीयवासीले बताएका छन् ।...