सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द हुने


  •    न्युजभित्तो/१९ माघ २०७८, बुधबार १५:१२ 
  • बैतडी, १९ माघ। बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन्। कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म विद्यालय बन्द राख्न भनेको हो।

    कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लामा कोरोनाको जोखिम कायम भएको हुँदा माघ मसान्तसम्म भीडभाडजन्य कार्यमा रोक लगाइएकोे जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। यसका साथै जिल्ला प्रशासन कार्यालयले कोभिड सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि भएका निर्णय कार्यान्वयन गर्न आग्रह गरेको छ।

    प्रशासनले यहाँका सरकारी निकाय तथा स्थानीय तहलाई पत्र लेख्दै कोभिड सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिश र सङ्घीय सरकारबाट निर्देशन भएका निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको हो । माघ १६ गतेको गृहमन्त्रालयको सचिवस्तरीय निर्णय कार्यान्वयनका लागि प्रशासनले आग्रह गरेको हो। सो निर्णय अनुसार माघ मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय, कलेज सञ्चालन गर्न पाइने छैन्।

    यस्तै विद्यालय, कलेजका पूर्व निर्धारित, जनशक्ति भर्ना, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा र चिकित्सा शिक्षाका सबै प्रयोगात्मक परीक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

    यस्तै खोप कार्यक्रमलाई जिल्लाभर अभियानकै रुपमा सञ्चालन गर्न र विद्यालयमा सञ्चालन भइरहेको खोप अभियानलाई प्रभावकारी बनाउन प्रशासनले आग्रहसमेत गरेको छ। यहाँका १२ देखि १७ वर्ष उमेरसमूहका विद्यार्थीलाई मोडर्ना खोपको दोस्रो मात्रा दिइँदैछ। भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा हालसम्म सङ्क्रमणका कारण १९ जनाको मृत्यु भइरहेको छ। 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.