सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपभोक्ता समितिबाट बाहिरिए सरकारी शिक्षक


  •    न्युजभित्तो/१९ माघ २०७८, बुधबार १४:४४ 
  • काठमाडौँ, १९ माघ। यहाँका एक विद्यालयका स्थायी शिक्षकलाई उपभोक्ता समितिमा राखिएको समाचार सार्वजनिक भएपछि ती शिक्षकले राजीनामा दिन बाध्य भएका छन् ।

    गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा अरुणोदय माध्यमिक विद्यालयको नयाँ भवन पानीखोल्चा पहिराको जोखिममा परेपछि विद्यालयकै स्थायी शिक्षक नरबहादुर गुरुङलाई उपभोक्ता समितिमा राखिएको समाचार सार्वजनिक भएपछि उहाँ राजीनामा दिन बाध्य भएका हुन् ।

    विज्ञान विषयका शिक्षक गुरुङ समितिको अध्यक्ष हुनुहुन्छ । उपभोक्तामार्फत् भएको काममा डोजर चलाएको समाचार तस्बिरसहित राष्ट्रिय समाचार समितिबाट गत पुस २३ गते सार्वजनिक भएको थियो । पहिरा नियन्त्रणका लागि वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षमा करिब रु ४० लाख बजेट विनियोजन ग¥यो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट विनियोजन गरेको थियो ।

    हाल प्रदेश सरकारले यो मन्त्रालय फुटाएर बनाएको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बसुन्धराले आयोजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गरेर सरकारी शिक्षक गुरुङलाई उपभोक्ता समितिमा राखेको थियो । समाचार सार्वजनिक भएपछि कार्यालयले गुरुङलाई राजीनामा गर्न लगाएर उपभोक्ता समितिका सदस्य पासाङ लामालाई अध्यक्ष बनाएको छ । स्थानीयवासीलाई रोजगारी सिर्जना गर्ने र आयोजनाप्रति स्थानीयवासीको स्वामित्व बढाउने उद्देश्यले उपभोक्ता समितिको अवधारणा अघि सारिए पनि यसको प्रयोगमा विकृति बढ्दै गएको छ ।

    रोजगारी दिन सञ्चालन हुने आयोजनामा डोजर चल्ने गरेको छ । विद्यालय भवनमा सिभिल इञ्जिनीयरिङको कक्षा ९ देखि १२ सम्मको अध्ययन अध्यापन हुन्छ । विद्यालयको पुरानो भवन भने आरुबारी चोकमा छ । जहाँ कक्षा १ देखि ८ सम्म पढाइ हुन्छ । नगरपालिका–९ का वडाध्यक्ष राजीव थापाले पहिरो नियन्त्रणका लागि डिभिजन कार्यालयसँगै नगरपालिकाले पनि नगरस्तरीय योजनाअन्तर्गत रु २५ लाख बजेट छुट्याइएको बताउनुभयो । नगरपालिकाको बजेटले भने काम सुरु नभएको उहाँको भनाइ छ । डिभिजनको बजेटको काम सकिएपछि नगरपालिकाको बजेटले काम गरिने जनाइएको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले यसअघि आयोजना सञ्चालन गर्दा गल्ती भएको स्वीकार गर्नुहुँदै अब विधिवत् रुपमा काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.