सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नदी कटानका कारण उच्च जोखिममा म्याग्दीका सात स्थान, अझै सुरु भएन नियन्त्रणको काम


  •    न्युजभित्तो/२० माघ २०७८, बिहीबार ११:५६ 
  • गलेश्वर,२० माघ। नदी कटानका कारण उच्च जोखिममा रहेबेनी नगरपालिका–२ बगरफाँट, वडा नं ३ दूधेखोला, वडा नं ४ सिङ्गा, तातोपानी, मसार, तोराखेत तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार संरक्षणको लागि नदी कटान नियन्त्रणको काम अझै थालिएको छैन । कालीगण्डकी नदी कटानका कारण जोखिममा परेको बेनी बजार संरक्षणको काम भने सुरु भएको छ । तर म्याग्दी नदी कटानको जोखिममा रहेका ठाउँहरूको संरक्षणमा सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासीले गुनासो गरेका छन् ।

    गत असार, साउन, भदौ, असोज र कात्तिकमा म्याग्दी, कालीगण्डकी र सहायक नदीले कटान गरेको ठाउँमा अहिलेसम्म पनि नियन्त्रणको काम सुरु भएको छैन । कतिपय ठाउँमा बजेट र योजनाको अभाव भएको छ । रुपाताल एकीकृत संरक्षण विकास परियोजनामार्फत सञ्चालित बेनी बजार संरक्षण आयोजनाको काम भने सुरु गरिएको छ ।

    “मध्य हिउँद बितिसक्यो, अझै काम सुरु भएको छैन, हिउँदमा नदीको सतह घटेका समयमा काम हुँदैन, बर्खा लागेपछि काम सुरु हुन्छ”, बगरफाँटका जीतबहादुर कार्कीले बताउनुभयो । यसैगरी प्राकृतिक उपचारस्थलका रूपमा परिचित बेनी–४ तातोपानीको मसारमा पनि नदी नियन्त्रण लागि अहिलेसम्म काम सुरु नभएको स्थानीयवासी कुमार केसीले जानकारी दिनुभयो । “हिउँद बित्नै लाग्यो, अहिलेसम्म बजेटको समेत व्यवस्थापन हुनसकेको छैन”, उहाँले भन्नुभयो । मसारमा नदी कटानबाट दुई घर भत्किएका र १५ परिवार विस्थापित थिए । दुई सय घर कटानको उच्च जोखिममा रहेका उहाँले जानकारी दिनुभयो । यसैगरी बेनी–२ बगरफाँटमा पनि कटान नियन्त्रणका लागि बजेट व्यवस्थापन हुनसकेको छैन ।

    शिरानमा विशाल भिरबाट खस्ने पहिरो र पुछारमा म्याग्दी नदीको तीब्र कटानका कारण बेनी –२ बगरफाँट गाउँ उच्च जोखिममा पर्दै जान थालेको छ । २०५७ सालदेखि सो नदीले कटान गर्न सुरु गरेको बगरफाँटमा रहेका २०० घरधुरी वर्षाका समयमा गाउँको शिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा उर्लिँदै बग्ने म्याग्दी नदीको कटानबाट बर्सेनि त्रसित हुने गरेका छन् ।

    जिल्ला नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदी किनारमा ग्याबिन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुङ्गा र लेदोसहित उर्लिएर आउने नदीको तीव्रगतिका कारण नियन्त्रण हुन नसकेको स्थानीयवासीले बताएका छन् । “गाउँ जोखिममा छ, शिरानबाट खस्ने पहिरो र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै पनि ढुक्कसँग सुत्न सकिँदैन, कतिबेला के हुन्छ भन्ने त्रास सधैँभरि रहिरहन्छ”, म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो ।

    सो नदीको कटानका कारण बगरफाँटको १५० रोपनी क्षेत्रफलभन्दा बढी खेतीयोग्य जमिन नास भइसकेको र नदी कटानको समस्या अझै विकराल बन्दै गएको उहाँको भनाइ छ । अनुसार बेनी–३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित विशाल पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्नसके केही मात्रामा भए पनि गाउँ सुरक्षित हन्छ ।का पश्चिम म्याग्दीका सात स्थानमा नियन्त्रणको काम अझै सुरुआत नहुँदा स्थानीयवासी चिन्तित भएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.