राष्ट्रिय
चितवन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आह्वानमा भएको बन्दका कारण आज साविकका बागमति, नारायणी र जनकपुरका रामेछाप र दोलखा जिल्लाको जनजीवन प्रभावित भएको छ । उसले उपत्यका ब्यूरो इन्चार्ज तथा साँस्कृतिक मोर्चाका इन्चार्ज माइला लामालगायत आफ्ना कार्यकर्तालाई सरकारले...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकार सक्रिय रहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलसँग मंगलबार उहाँले भन्नुभयो, “सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ, अहिले भ्रष्टाचार बढेको होइन गिरफ्तारी...
काठमाडौँ । प्रहरीले नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाका काठमाडौँ जिल्ला सेक्रेटरी धीरेन्द्रा उपाध्ययलाई आज पक्राउ गरेको छ । पूर्व साँसदसमेत रहेकी उपाध्यायलाई आज दिउँसो काठमाडौँको कपनबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । विप्लव समूहको...
रोल्पा । विषालु च्याउ खाँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ । लुंग्री गाउँपालिका–६ गुम्चालका अमरसिं बुढाथोकीका श्रीमती, छोरा र छोरी गरी तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २५ वर्षीया कर्मली बुढाथोकी, सात वर्षीया सुनिता बुढाथोकी...
लहान । सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर निवासी विमल यादवका १० वर्षीय छोरा दीपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर आइतबार मृत्यु भएको प्रहरीले...
तिलकराम रिमाल चितवन । दुर्लभ पाटे बाघ संरक्षणमा गरिएको लगानी यसै खेर गएको छ । सकारात्मक परिणाामको अपेक्षासहित गरिएको लगानीको उल्टो प्रतिफल देखिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको संख्या बढाउन गरिएका प्रयास असफल भएका हुन् । निकुञ्जमा सन्...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसारभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न पुनः आग्रह गर्नुभएको छ । आजदेखि यहाँ शुरु भएको ‘इन्डिया नेपाल लजिस्टिक समिट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानूनी, संस्थागत एवं प्रक्रियागत रुपमा रहेका झण्झट हटाई वर्तमान सरकारले लगानीमैत्री...
जुम्ला । जुम्लाका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाईसेवा दिइने भएको छ । जुम्लामा गर्भवती र सुत्केरीलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई...
कास्की । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्कीका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला सेक्रेटरी सुजन विकलाई प्रहरीले शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । यसअघि...
नारायण ढुङ्गाना / रासस काठमाडौँ । असार अन्तिम साता सक्रिय भएको मनसुनका कारण आएको अविरल वर्षापछिको बाढीपहिरो र डुबानले मुलुकका विभिन्न जिल्लामा एक अर्ब बढीको क्षति भएको छ । बाढीपहिरो र डुबानले विभिन्न ६७ जिल्ला प्रभावित भएको थियो ।...














