सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

४५ भन्दाबढी जिल्लामा डेङ्गुको सङ्क्रमण, मन्त्री भन्छन् : स्वास्थ्य मन्त्रालयले मात्र नियन्त्रण गर्न सक्दैन


  •    /१५ भाद्र २०७६, आईतवार १९:१० 
  • काठमाडौँ । पछिल्लो समय देशका ४५ भन्दा बढी जिल्लामा देखापरेको डेङ्गु रोग नियन्त्रण गर्न आफ्नो एकल प्रयासले मात्र सम्भव नहुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    अघिल्लो आवमा तीन हजार ८३४ जनामा देखिएको सो रोगको सङ्क्रमण चालू आवको एक महीना १२ दिनमा एक हजार ५३७ जनामा प्रमाणित भएको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सो रोगको सङ्क्रमण हुने गर्दछ ।

    दश हजारमध्ये एक हजारमा मात्र रोगको लक्षण देखापर्दछ । पछिल्लो समय देशका अधिकाशं ठूला शहरमा सो रोग देखापरिसकेको छ । सबैभन्दा स्वच्छ र सफा मानिने पोखरा लेखनाथ महानगरपालिमा मात्र अहिलेसम्म ३ सय १५ जना सङ्क्रमित बिरामी भेटिएका छन् ।

    प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले भन्नुभयो, “मन्त्रालयको एकल प्रयासले मात्र डेङ्गु नियन्त्रण सम्भव छैन, अन्य मन्त्रालय, सरोकार निकाय तथा आम जनताको साथ र सहयोग आवश्यक पर्छ । अन्य निकायको साथ र सहयोग मन्त्रालयले नपाउने हो भने डेङ्गु सङ्क्रमण झन् भयावह हुन सक्छ ।”

    राज्यमन्त्री डा यादवले तराईबाट पहाड र हिमाल उक्लिदै गरेका लामखुट्टेलाई मन्त्रालयले मात्र रोक्न नसक्ने चर्चा गर्दै मन्त्रालयले कर्मचारी र बजेट अभावले प्रभावकारी कार्य सम्पादन गर्न नसकेको गुनासोसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “छिटो छिटो सचिव परिवर्तन भइरहन्छ, सचिव त परिवर्तन भयो भयो, सहसचिव पनि परिवर्तन हुन थाल्यो, खै काम कसरी सम्पादन गर्नु ?”

    मन्त्रालयको हालै मात्र सचिव पदमा सरुवा भई जानुभएका खगराज बरालले डेङ्गु नियन्त्रणमा सामूहिक प्रयासको खाँचो औँल्याउँदै स्थानीयस्तरमा ‘लामखुट्टे खोज र नष्ट गर’ भन्ने कार्यक्रमलाई प्रभावकारी बनाउन जरुरी रहेको छ भन्नुभयो । मन्त्रालयका सहसचिव दीपेन्द्ररमण सिंहले लामखुट्टे नियन्त्रण कार्य घरघरबाट शुरु गर्नुपर्ने भन्दै डेङ्गुको लार्भा देखिने घरलाई दण्डसजायको दायराभित्र ल्याउने खालको कानूनी संयन्त्र आवश्यक रहेकामा जोड दिनुभयो ।

    मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा विवेककुमार लाल र विज्ञ डा घनश्याम पोखरेलले पछिल्लो समय हावाजस्तै डेङ्गु फैलिएको चर्चा गर्दै रोग नियन्त्रण गर्न आर्थिक अभाव रहेको बताउनुभयो ।

    महाशाखाका अनुसार सातै प्रदेशमा करीब रु ८७ लाख ९० हजारको दरले रकम विनियोजन गरेको छ । विगत तीन वर्षमा डेङ्गु देखिएका स्थानका आधारमा महाशाखाले नयाँ सम्भावित स्थानमा रोग नियन्त्रणका कार्यक्रम बनाउँछ ।

    महाशाखाले अनुमान लगाएभन्दा फरक स्थानमा रोग देखिँदा नियन्त्रण गर्न आर्थिक स्रोतको अभाव रहेको जनाएको छ । गत वर्ष ८५ स्थानीय तहमा सो रोग देखापरेको थियो । तर सुनसरीमा फैलिएको सो रोगको पूर्वानुमान मन्त्रालयले गरेकै थिएन ।

    जनचेतना कार्यक्रममा प्राथमिकता दिन सुझाव

    बैठकमा समितिका सदस्य मानबहादुर विश्वकर्माले डेङ्गु नियन्त्रण गर्न मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै नियन्त्रण गर्न पहिलो प्राथमिकता दिन सुझाव दिनुभयो ।

    समिति सदस्य जीवनराम श्रेष्ठले डेङ्गुको सङ्क्रमितलाई ‘स्क्रिनिङ’ गरी छुट्टै स्थानमा राख्न र बजेटको अभाव हुन दिनुहुँदैन भन्नुभयो । अर्का सदस्यद्वय उमेश श्रेष्ठ र हितबहादुर तामाङले विद्यालयका पाठ्यक्रममा डेङ्गु रोग हुन नदिने उपायका बारेमा समावेश गर्न सुझाव दिनुभयो ।

    समिति सदस्यद्वय चित्रलेखा यादव र अञ्जना विशङ्खेले डेङ्गु नियन्त्रण गर्न जनचेतनाका कार्यक्रम अभियानका रूपमा सञ्चालन गनुपर्ने बताउनुभयो । समितिका सदस्य गजेन्द्र महतले अविकसित स्थानमा डेङ्गुको लामखुट्टे हुँदैन भनेर कार्यक्रम नै नबनाउने प्रवृत्तिका कारण डेङ्गु फैलिएको हो भन्नुभयो ।

    समितिका सभापति जयपुरी घर्तीले डेङ्गु नियन्त्रण गर्न अल्पकालीन तथा दीर्घकालीन योजना बनाई तत्काल कार्यान्वयनमा ल्याउन मन्त्रालयलाई निर्देश गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
    • धादिङ, नुवाकोट र रसुवाका बस अब नयाँ बसपार्कबाट मात्रै छुट्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.